
लण्डन । पासा पुच गुथी युके लण्डनको अध्यक्षमा पुन रुक्मिणी मानन्धर चयन हुनुभएको छ ।
गुथीको आइतबार सम्पन्न २१ औँ साधारणसभाले आगामी दुई वर्षका लागि मानन्धरको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
कार्यसमितिको उपाध्यक्षद्वयमा ओजेश सिंह र प्रनिशा शाक्य, महासचिवमा लीसा दली श्रेष्ठ, सहसचिवमा मनिष जोशी,कोषाध्यक्षमा सविता मानन्धर, सहकोषाध्यक्षमा रोजी मानन्धर, सँस्कृति सचिवमा आस्था जोशी बाटाजू, खेलकुद सचिवमा किरन मानन्धर, सदस्यहरुमा अमिता श्रेष्ठ, मन्दिरा मानन्धर, अन्जीला श्रेष्ठ, पविका श्रेष्ठ, मधुसुधन कायस्थ र सन्दीप तुलाधर रहेका छन् ।
नयाँ कार्यसमिति चयनका लागि बालमुकुन्द जोशी,शशीधर मानन्धर र अमृत रत्न स्थापित रहेको तीन सदस्सीय निर्वाचन समिति गठन गरिएको थियो ।
साधारणसभामा महासचिव प्रनिशा शाक्य जोशीले सांगठानिक प्रतिवेदन र कोषाध्यक्ष सविता मानन्धरले आर्थिक प्रतिवेदन पेश गरेका थिए । अध्यक्ष रुक्मिणी मानन्धरले सबैलाई धन्यवाद ज्ञापन गरेकी थिइन् ।
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको अध्यक्षमा शोभा सुनुवार
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण