
कोलम्बो । श्रीलङ्काका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे थाइल्याण्ड निर्वासनको केही दिनपछि सेप्टेम्बरको पहिलो हप्तामै स्वदेश फर्कने तयारीमा छन् ।
राजापाक्षे सेप्टेम्बर २ वा ३ मा फर्किने सम्भावना रहेको डेली मिररले स्रोतलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ । कोलम्बोमा चर्को राजनीतिक विरोधपछि र देशको आर्थिक सङ्कटबाट आक्रोशित प्रदर्शनकारीबाट खतरा देखेपछि उनी गत जुलाई १३ को बिहान श्रीलङ्काबाट भागेका थिए ।
सिङ्गापुर पुगेपछि उनले राष्ट्रपति पदबाट राजीनामा दिएका थिए जहाँ उनलाई १४ दिने भ्रमण पास जारी गरिएको थियो ।
अगस्ट ११ मा पूर्वराष्ट्रपति श्रीलङ्का सरकारको अनुरोधमा थाइल्याण्ड पुगेका थिए । उनको मिरिहाना निवासमा कडा सुरक्षा व्यवस्था गरिएको छ ।
थाइल्याण्डले श्रीलङ्काका पूर्वराष्ट्रपतिले देशमा शरण मागेको खबरलाई अस्वीकार गरेको छ । थाइल्याण्डको विदेश मन्त्रालयले राजपाक्षेलाई राजनीतिक शरण नलिने उद्देश्यले देश भ्रमण गर्न अनुरोध गरेको बताएको छ ।
यसअघि श्रीलङ्का पोदुजाना पेरामुना (एसएलपीपी)ले राष्ट्रपति रनिल विक्रमासिङ्घेलाई पूर्वराष्ट्रपति फिर्ताको व्यवस्था गर्न अनुरोध गरेको थियो । त्यसलगत्तै राष्ट्रपतिले राजापाक्षेलाई देश फर्काउने व्यवस्थाबारे छलफल गर्न सम्पर्क गरेको बताइएको छ ।
गोटाबायाका भाइ महिन्दा राजापाक्षे नेतृत्वको एसएलपीपीले आज वर्तमान राष्ट्रपति रनिल विक्रमासिङ्घेसँगको भेटमा उक्त माग राख्दै गोटाबाया राजापाक्षेलाई श्रीलङ्कामा सुरक्षित यात्रा सुनिश्चित गर्न राष्ट्रपतिसँग अनुरोध गरेको छ ।
प्राविधिक शिक्षा विस्तारमा सहकार्य हुन्छ : बेलायती मन्त्री मल्होत्रा
तमु धीं को आयोजनामा आज बेलायतमा २४ औं गोर्खा कप, ५६ टिमबीच प्रतिस्पर्धा हुने
दोस्रो गण्डकी लोक तारा २०८३ मा स्याङ्जाकी बत्तीकुमारी थापा प्रथम
बेलायतीमन्त्री मल्होत्रा र लुम्बिनीका मुख्यमन्त्री आचार्यबीच भेटवार्ता
पूर्वब्रिटिस गोर्खाका चिन्ता र गुनासालाई यथाशीघ्र सम्बोधन गर्न बेलायती मन्त्रीसँग परराष्ट्रमन्त्री खनालको आग्रह
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]