
कोलम्बो । श्रीलङ्काका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे थाइल्याण्ड निर्वासनको केही दिनपछि सेप्टेम्बरको पहिलो हप्तामै स्वदेश फर्कने तयारीमा छन् ।
राजापाक्षे सेप्टेम्बर २ वा ३ मा फर्किने सम्भावना रहेको डेली मिररले स्रोतलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ । कोलम्बोमा चर्को राजनीतिक विरोधपछि र देशको आर्थिक सङ्कटबाट आक्रोशित प्रदर्शनकारीबाट खतरा देखेपछि उनी गत जुलाई १३ को बिहान श्रीलङ्काबाट भागेका थिए ।
सिङ्गापुर पुगेपछि उनले राष्ट्रपति पदबाट राजीनामा दिएका थिए जहाँ उनलाई १४ दिने भ्रमण पास जारी गरिएको थियो ।
अगस्ट ११ मा पूर्वराष्ट्रपति श्रीलङ्का सरकारको अनुरोधमा थाइल्याण्ड पुगेका थिए । उनको मिरिहाना निवासमा कडा सुरक्षा व्यवस्था गरिएको छ ।
थाइल्याण्डले श्रीलङ्काका पूर्वराष्ट्रपतिले देशमा शरण मागेको खबरलाई अस्वीकार गरेको छ । थाइल्याण्डको विदेश मन्त्रालयले राजपाक्षेलाई राजनीतिक शरण नलिने उद्देश्यले देश भ्रमण गर्न अनुरोध गरेको बताएको छ ।
यसअघि श्रीलङ्का पोदुजाना पेरामुना (एसएलपीपी)ले राष्ट्रपति रनिल विक्रमासिङ्घेलाई पूर्वराष्ट्रपति फिर्ताको व्यवस्था गर्न अनुरोध गरेको थियो । त्यसलगत्तै राष्ट्रपतिले राजापाक्षेलाई देश फर्काउने व्यवस्थाबारे छलफल गर्न सम्पर्क गरेको बताइएको छ ।
गोटाबायाका भाइ महिन्दा राजापाक्षे नेतृत्वको एसएलपीपीले आज वर्तमान राष्ट्रपति रनिल विक्रमासिङ्घेसँगको भेटमा उक्त माग राख्दै गोटाबाया राजापाक्षेलाई श्रीलङ्कामा सुरक्षित यात्रा सुनिश्चित गर्न राष्ट्रपतिसँग अनुरोध गरेको छ ।
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक