
लन्डन । नेपाली साहित्य विकास परिषद् यूकेले यस वर्षको एनएलडीसी पुरस्कार रेडियो नेपालका पूर्व समाचार वाचक वरिष्ठ पत्रकार हरिशरण लामिछानेलाई( नेपालमा) र श्री जानकी माता धार्मिक संघ कोलकाता भारतका अध्यक्ष साहित्यकार गुञ्जदाश श्रेष्ठ र सांस्कृतिक प्रमुख कलाकार सन्तोषी सिंहलाई प्रदान गर्ने निर्णय गरेको छ ।
परिषद्का अध्यक्ष कोमलप्रसाद श्रेष्ठ मल्लद्वारा जारी गरिएको विज्ञप्तिमा जनाइएअनुसार तीन दशकभन्दा बढी समय अविछिन्नरूपमा रेडियो नेपालको वरिष्ठ समाचार वाचक रहनुभई नेपालको सञ्चार क्षेत्रमा पुर्याउनुभएको गहन योगदान र नेपाली साहित्य विकास परिषद् यूकेको नेपाल च्याप्टरमा स्थापनाकालदेखि तीन कार्यकाल महासचिव र सल्लाहकार रहनु भई नेपाली भाषा र साहित्यको श्रीवृद्धि गर्नमा योगदान पुर्याएकोमा लामिछानेलाई पुरस्कृत गर्न लागिएको हो । उनलाई पाँच तोला चाँदी र स्वर्ण लिपिमा बनेको एनएलडीसी साहित्य सञ्चार-पुरस्कार पदक (नगद लिन चाहेमा नेपाली रूपैयाँ ५० हजार) द्वारा सम्मानित गरिने भएको छ ।
हरेक वर्ष प्रदान गरिने यो पुरस्कार यसअघि बीबीसी नेपाली सेवाका पूर्वप्रमुख तथा परिषद्का पूर्वअध्यक्ष खगेन्द्र नेपाली, परिषद्का पूर्वअध्यक्ष साहित्यकार हरिसिंह थापा, नेपाल पत्रकार महासंघ बेलायतका संस्थापक अध्यक्ष पत्रकार नवीन पोखरेल र भिजन संसारका पत्रकार अभिमन्यु वैरागलाई प्रदान गरिएको थियो ।
यसैगरी कोलकाता भारतमा रहेर नेपाली साहित्यका विविध गतिविधि र साहित्यिक पत्रिकाको प्रकाशन, नेपाली गीत सङ्गीतको संयोजन तथा गीत एल्वम् प्रकाशन र साथै नेपाली साहित्य विकास परिषद् यूकेका साहित्यिक कार्यक्रमहरूमा सक्रियरूपले सहभागिता राखि नेपाली भाषा साहित्य, संस्कृति र गीतसङ्गीतको संरक्षण र सम्बर्धनमा योगदान पुर्याएकोमा श्रेष्ठ र सांस्कृतिक प्रमुख कलाकार सिंहलाई नेपाली साहित्य विकास परिषद् यूकेको मानार्थ आजीवन सदस्यता प्रदान गर्नुका साथै एनएलडीसी नेपाली साहित्य-कला पुरस्कार पदक (नगद लिन चाहेमा नेपाली रूपियाँ २० हजार) द्वारा सम्मानित गरिने छ । यो पुरस्कार यसअघि लन्डनका कलाकारहरू डम्बर सुब्बा र प्रमोद शर्मालाई प्रदान गरिएको थियो ।
नेपाली भाषा, साहित्य, कला र सञ्चार क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने सर्जक, कलाकार र पत्रकारहरूलाई प्रदान गरिने यो पुरस्कार वरिष्ठ कवि कोमलप्रसाद श्रेष्ठ मल्ल तथा श्रीमती कोहिनूर श्रेष्ठ मल्लले आ-आफ्ना बाबु आमाका नाममा सन् २०११ मा नेपाली साहित्य विकास परिषद् यूकेमा स्थापना गर्नुभएको हो ।
नेपाली साहित्य विकास परिषद् यूकेको स्थापना सन् १९९५ मा वरिष्ठ साहित्यकार सुरेशजंग शाहले गर्नुभएको हो । स्थापनाकालदेखि नै परिषदमा एनएलडीसी गोल्ड मेडल, एनएलडीसी साहित्य, कला र पत्रकारितालगायतका विभिन्न १५ वटा पुरस्कारहरू स्थापित गरी वितरण हुँदै आएका छन् र साहित्यिक पुस्तकहरू र लालीगुराँस साहित्यिक पत्रिकाको प्रकाशनलगायत गतिविधिहरू नियमित हुँदै आएको छ । परिषद्को नेपालमा पनि च्याप्टर खोलिएको छ ।
बेलायतको साउथह्यारोमा नेपाली नयाँ वर्ष २०८३ भव्य रुपमा मनाइयो
डा भगवान कोइराला नेतृत्वको काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ युकेमा च्यारिटी
‘लिब्जु–भुम्जु पुरस्कार’ ऋषि र कमललाई
बेलायती दिवङ्गत महारानी एलिजाबेथ द्वितीयको जीवनी लेख्न इतिहासकार चयन
होर्मुजमा पुनः तनाव, अन्तिम सम्झौता अझै टाढा
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
बेलायतमा ग्रेटर रसमोर नेपाली कम्युनिटीले मनायो नयाँ वर्ष
एनआरएनए रुसद्वारा नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]