
लन्डन । लन्डनको गोल्डर्स ग्रीनस्थित यहूदी स्वयंसेवक संस्था हात्जोलाका चारवटा एम्बुलेन्समा मध्यराति भएको आगजनीलाई ‘यहूदीविरोधी घृणाजन्य अपराध’ का रूपमा छानबिन गरिने बेलायती प्रहरीले जनाएको छ ।
गोल्डर्स ग्रीनको हाईफिल्ड रोडमा पार्क गरिएका चार एम्बुलेन्समा सोमबार बिहान करिब १:४० बजे आगजनी भएको थियो । लन्डन फायर ब्रिगेडले एम्बुलेन्समा लागेको आगो निभाउने क्रममा भित्र यसभित्रका ग्यास सिलिन्डर पड्किएर सीसा फुटेको जनाएको छ । आगो नियन्त्रणका लागि ६ वटा दमकल र झण्डै ४० जना अग्निनियन्त्रक खटाइएको थियो । यस घटनापछि महानगरीय प्रहरीले आसपासका घर खाली गराउँदै झन्डै ३० जनालाई सुरक्षित आश्रयस्थलमा सारिएको बताइएको छ ।
प्रहरीले सार्वजनिक गरेको सीसीटीभी फुटेजमा तीन जना शंकास्पद व्यक्ति एम्बुलेन्सतर्फ हिँड्दै गएको र त्यसपछि आगो लगाएको देखिन्छ । तर अहिलेसम्म कोही पनि पक्राउ परेका छैनन् । बेलायतका स्वास्थ्य मन्त्री वेस स्ट्रिटिङले सामाजिक सञ्जाल एक्समार्फत् घटनालाई घृणित आक्रमणको संज्ञा दिएका छन् ।
सन् २०२१ को जनगणनाअनुसार बेलायतका इङल्यान्ड र वेल्समा झन्डै ३ लाख यहूदी बस्छन् । गत वर्ष अक्टुबरमा म्यानचेस्टरमा दुई जना यहूदी धर्मालम्बीमाथि कारमा छुरा प्रहार भएको थियो ।
बेलायतको साउथह्यारोमा नेपाली नयाँ वर्ष २०८३ भव्य रुपमा मनाइयो
डा भगवान कोइराला नेतृत्वको काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ युकेमा च्यारिटी
‘लिब्जु–भुम्जु पुरस्कार’ ऋषि र कमललाई
बेलायती दिवङ्गत महारानी एलिजाबेथ द्वितीयको जीवनी लेख्न इतिहासकार चयन
होर्मुजमा पुनः तनाव, अन्तिम सम्झौता अझै टाढा
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
बेलायतमा ग्रेटर रसमोर नेपाली कम्युनिटीले मनायो नयाँ वर्ष
एनआरएनए रुसद्वारा नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]