
लन्डन २२ मार्च २०२६ । चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट शनिबार सम्पन्न भएको छ ।
अल्डरसटस्थित अल्डरवुड स्कुलमा समाजका अध्यक्ष दुर्गा गुरुङको अध्यक्षता तथा बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा समाजका विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको थियो । नेपालबाट आएकी गायिका सोनी कुँवर क्षेत्रीको प्रस्तुतिले कार्यक्रमलाई मनोरञ्जनपूर्ण बनाएको थियो । साथै समाजका आमा समूह र बाल कलाकारको सांगीतिक प्रस्तुतिले थप रौनक भरेको थियो ।
कार्यक्रममा बेलायतवासी विभिन्न सामाजिक व्यक्तित्व, समुदायका सदस्यहरूको उल्लेख सहभागिता थियो । जसमा तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, आमा समूहकी अध्यक्ष कमला देवी गुरुङ, पूर्वअध्यक्षहरू कमल गुरुङ, रामचन्द्र गुरुङ, ज्ञाम गुरुङ र हरि गुरुङ, वरिष्ठ उपाध्यक्ष परशु गुरुङ, महासचिव डा. विशाल गुरुङ, सचिव विमल गुरुङ, कोषाध्यक्ष अरुण गुरुङ, तमु धीं आमा समूहकि महासचिव शान्ता गुरुङ, बुद्धिस्ट कम्युनिटी सेन्टर आमा प्रमुख शारदा गुरुङ, तमु धीं लन्डन इकाई अध्यक्ष भरत गुरुङ, सहारा यूकेका अध्यक्ष शारदा गुरुङ, पूर्वअध्यक्ष कुमार गुरुङ र लेरि कुसाङ गुरुङ, महासचिव प्रकाश गुरुङसहितको उपस्थिति थियो ।

भूपू गोर्खा अभियन्ता मेजर उदयबहादुर गुरुङ एमबीई, उपमेयर लक्षबहादुर गुरुङ, एनआरएनएका पूर्वअध्यक्ष पुनम गुरुङ, तमु समाज यूकेका अध्यक्ष बिन्दु गुरुङ, गल्याम समाजका अध्यक्ष श्री गुरुङ, बुद्धिजीवी तमु धीं यूकेका ट्रस्टी एकेन्द्र गुरुङ, सहारा यूके र तमु धीं यूकेका सल्लाहकार, शुभेच्छुक, चार भन्ज्याङ तमु समाज यूकेका संस्थापक अध्यक्ष ले नारायण प्रसाद गुरुङ बीईएम, पूर्वअध्यक्षहरू ले चन्द्रबहादुर गुरुङ, मेजर कृष्ण बहादुर गुरुङ, बेन कुमार गुरुङ, आमा अध्यक्ष अमला गुरुङ, उपाध्यक्ष अमर गुरुङ, प्रमुख सल्लाहकार क्या. कृष्ण गुरुङ, संस्थापक आमा अध्यक्ष शान्ति गुरुङ, विमला गुरुङ सल्लाहकारहरू, ज्वाइँ चेलीबेटीहरूको बाक्लो उपस्थिति थियो ।

चार भन्ज्याङ सेन्टर फर हेल्थ (टेलिमेडिसिन क्लिनिक) तथा चार भन्ज्याङ क्षेत्रको अन्य विभिन्न क्षेत्रको विकास सहयोगार्थ च्यारिटी आयोजना गरिएको समाजका महासचिव अनिल गुरुङले जानकारी दिए । कार्यक्रम संयोजक हितमान घले रहेका थिए ।
संसारभरि छरिएर बसेका चार भन्ज्याङ तमु समाजका सदस्यहरूलाई एकीकृत गरी गाउँघर र देशको विकासका लागि स्रोत–साधन जुटाउन २०१५ सालदेखि चार भन्ज्याङ तमु समाज अन्तर्राष्ट्रिय समन्वय समिति स्थापना गरिएको हो ।

तस्बिर : बेन गुरुङ
विश्वकप फुटबल : अर्जेन्टिनाको विजयी सुरुआत, अल्जेरिया पराजित
नालापानी खलङ्गा किल्लाको लडाइँ
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल