भूल्नै नसकिने इन्टेक १/८१को वार्षिक भेला

मिति २० अगस्ट २०२२ शनिबारको दिन साउथ ह्यारोमा सम्पन्न इन्टेक १/८१ को वार्षिक भेटघाटमा जे जति उपस्थित हुन र भेटघाट हुन सकियो वहाहरुसंग धेरै रमाइलोसँग समय बितेको अनुभब भयो । कोरोना भाइरसले विश्वभर फैलाएको महामारीका कारण केही वर्ष भेट हुन नपाएकोले होला यस वर्षको भेटघाट अविस्मरणीय नै भयो । जो जसले चाहेर पनि समय मिलाउन सक्नु भएन आगामी बर्षहरुमा उहाँहरुसित भेट हुने नै छ भन्ने आशा गरेको छु । 

कार्यक्रम अति नै रमाइलो भएको थियो र विशेष गरेर जो जो नम्बरीज्यूहरु यसको ब्यबस्थापनमा खटिएर अथक प्रयासबाट कार्यक्रम सफल गराउनु भयो वहाँहरुलाई धेरै धेरै धन्यबाद दिन चाहान्छौ। जो नम्बरीज्यूहरुले स्टेजमा गीत गाएर हामीलाई मनोरन्जन गराउनु भयो सबै नम्बरी साहेबहरुको स्वरमा आकर्षक र स्वरमा रस मिसिएको पाइयो र बैसालु दम उत्तिकै रहेछ भन्ने पनि थाहा भयो । त्यसको लागी बधाई अनि शुभकामना पनि छ। 

कार्यक्रम उदघोसक नम्बरी तेजको उद्घोसण कला राम्रो लाग्यो र सबै पूर्ण तयारीका साथ आफूलाई प्रस्तुत गर्नु भएकोले दर्शक दीर्घामा बस्नुहुने सबैलाई आकर्सित गराएको थियो । क्यामेरामा साथ दिनुहुने नम्बरी साइमन र बैनी बिमलालाई हार्दिक धन्यबाद।  

सेरु नम्बरीको मनोरन्जन कार्यक्रम जादुमय थियो । वहाँलाई हरसहयोग गर्नुहुने सबै नम्बरीहरुलाई आभार ब्यक्त गर्दछु। भोजनको गाँस र सोमरसको चुस्कीलाई भुलेर रमणीय मस्तीसंग एकोहोरो बनाएको थियो कार्यक्रमले । मिसेस ट्यालेण्ट कार्यक्रमले सुनमा सुगन्ध थपेको थियो र त्यसले हाम्रो नम्बरी समूहमा एउटा राम्रो कामको अध्याय पनि थपिएको छ । अनि यसको परिकल्पना गर्नु हुने नम्बरी मित्र र बैनीलाई धन्यबाद साथै ताज पहिरन सफल बैनी कमला गुरुङ र नम्बरी खमिरजंग गुरुङलाई बधाई छ। कमला बैनी पहिलो मिसेज इन्टेक १/८१ बन्नुभएको छ ।

समितिका निबर्तमान अध्यक्ष दिलिपकुमार राई, सचिव रबिन लिम्बुलगायत सबै सबै पदाधिकारीज्यूहरुलाई तपाईहरुको कार्यकालमा धेरै चुनौतीहरु आइपरेको थियो र सबै चुनौतीहरु अथक प्रयासका साथ सफल कार्य सम्पादन गर्नु भएकोमा बधाई दिन चाहान्छु। आगामी दिनहरुमा पनि यसरी नै सामाजिक क्षेत्रमा समाजको सेवा गर्दै जानु होला शुभकामना छ। यस्तै बेलायती महारानीको प्लाटिनम जुब्ली २०२२ विजेता केन्टनिवासी नम्बरी क्याप्टेन किशोर गुरुङ ६४६९९ ज्यूलाई पनि हार्दिक बधाई छ । उहाँलाई पनि सो सफलताका लागि कार्यक्रममा सम्मान गरिएको थियो ।    

सइन्द्र केसी बैनीको जीवनमा घटेका घटना आफ्नो (आधा भाग) श्रीमान् २० वर्षको उमेरमा नै गुमाउनु पर्दाको पीडा र त्यस पछाडि नेपाली समाजमा गर्नुपरेका संघर्सका कविता र आत्मकथाले उपस्थित सबैलाई एकछिन स्तब्ध र सुनसान बनायो । संघर्सले नै तपाईका सफलताका दिनहरुले शिखर चुम्यो । शुभकामना छ अझै अगाडी बढ्नु होला।  

अन्त्यमा नयाँ कार्यसमितिमा निर्बाचित अध्यक्ष जयप्रसाद गुरुङलगायत सम्पूर्ण पदाधिकारीज्यूहरुलाई यस संगठनको विभिन्न ओहोदामा सर्बसम्मत निर्बाचित हुनु भएकोमा बधाई छ र तपाइँहरुको सफल कार्यकालको लागी शुभकामना दिन चाहान्छु।

अन्त्यमा कार्यक्रमलाई उत्कृष्ट मनोरन्जन प्रदान गर्नुहुने नेपालबाट आउनुभएका कलाकारहरु रेशम निर्दोष र अनुपा रोकामगरलाई पनि हार्दिक धन्यवाद छ ।   

प्रतिक्रिया

सम्बन्धित सामाग्री