
नैरोवी । केन्याका उपराष्ट्रपति विलियम रुटो राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ ।
निर्वाचन आयोगका प्रमुखले सोमबार राती उहाँ राष्ट्रपतिय निर्वाचनमार्फत राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गर्नु भएको हो ।
नवनिर्वाचित राष्ट्रपति रुटोले ७१ लाख ७६ हजार १४१ मत प्राप्त गर्नुभएको आयोगका प्रमुख वाफुला चेबुकातीले जानकारी दिनुभयो । उहाँको यो भोट ५०.४९ भएको छ ।
उहाँसँग प्रतिष्पर्धामा उभिनुभएका प्रभावशाली विपक्षी नेता राइला अडिङगाले ६९ लाख ४२ हजार ९३० मत प्राप्त गर्नु भएको । यो सङ्ख्या ४८.८५ प्रतिशत हो ।
दुवै पक्षले प्राप्त गरेको मत अनुपात हेर्दा दुई जनाका बीचमा कडा प्रतिष्पर्धा भएको देखिएको छ ।
निर्वाचित भएको प्रमाणपत्र ग्रहण गर्दै नेता रुटोले आफ्ना प्रमुख प्रतिस्पर्धी लगायत सबैसँग सहकार्य गर्न आफू सधैँ तयार रहेको बताउनु भयो । उहाँले देशको विकास र समृद्धिका लागि निरन्तर काम गर्ने अठोट पनि व्यक्त गर्नुभयो ।
“केन्याका जनताले देशको काम गर्ने जिम्मेवारी हामीलाई दिएका छन्, हामी इमान्दारिताका साथ त्यो जिम्मेवारी पूरा गर्नेछौँ,” उहाँले भन्नुभयो ।
एनआरएनएको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन, को को परे ? [हेर्नुहोस् नामावली]
संसारभरका नेपाली मूलका मानिसलाई नेपाली पहिचान दिन एएनओको माग
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
एनआरएनए विश्व सम्मेलनको १२ बुँदे घोषणापत्र : लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
नेपाल सरकार भन्छ – ‘पश्चिम एसियाबाट तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन’