
लन्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाले कन्चनपुरका पत्रकार सुरेश सिंह धामीको उपचारका लागि ६५ हजार ५०० रुपैयाँ सहयोग गरेको छ ।
नेपाल पत्रकार महासंघ कन्चनपुर जिल्ला शाखाका अध्यक्ष धामी पाचन प्रणालीसँग सम्बन्धित ग्रन्थि (प्यान्क्रियाज)मा ट्युमरका कारण उपचाररत हुनुहुन्छ । केही महिनाअघि पहिलो चरणको शल्यक्रिया सम्पन्न भए पनि दोस्रो चरणको उपचारका लागि थप खर्च आवश्यक परेको छ ।
सहयोग रकम मंगलबार नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला आचार्यलाई बेलायत शाखाका सचिव तथा नेपाली समाचारका सम्पादक विश्वास दिप तिगेलाले हस्तान्तरण गर्नुभयो । कार्यक्रममा महासंघका महासचिव रामप्रसाद दाहाल, कोषाध्यक्ष रामकृष्ण अधिकारी, बेलायत शाखा सदस्य र सितलपाटी न्यूजका सम्पादक वाचस्पति रेग्मीलगायत उपस्थित हुनुहुन्थ्यो ।
नेपाल पत्रकार महासंघ कन्चनपुरले धामीको उपचारका लागि सहयोग आह्वान गरेको थियो ।
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]