
लण्डन । गोरखा भूतपूर्व सैनिकहरूको समस्या समाधानका लागि बेलायतको रक्षा मन्त्रालयमा आज भएको छलफलमा चर्काचर्की भएको छ ।
बैठकको शुरुमै बेलायतका भेट्रान मन्त्री लुइस स्याण्डर जोन्सले गोरखाहरूको समस्याका बारेमा मन्त्रालयमा एक समूहले काम गरिरहेको बताएर बाहिरिएकी थिइन् ।
बाँकी रहेको बेलायती सरकारी पक्षले गोरखाहरूको पेन्सनको बारेमा छलफल गर्न नसकिने, आज छलफलका लागि लामो समय पनि नरहेको, नेपालमा पनि नयाँ सरकार बन्ने क्रममा रहेको र नयाँ सरकारको नीति कस्तो हुन्छ भन्दै छलफललाई टुङ्ग्याउन खोजेका थिए ।
बेलायतका लागि नेपालका कार्यबाहक राजदुत विपिन दुवाडीले आजको बैठकमा बेलायती पक्षबाट यसअघि गोरखाहरूले बुझाएको प्रस्तावमा बुँदागत छलफल हुने अपेक्षा राखिएको बताएका थिए । उनले नेपालमा सरकार परिवर्तन भए पनि गोरखाहरुको समस्याका बारेमा सबै सरकारको एउटै धारणा रहने पनि स्मरण गराएका थिए।
उता छलफलमा सहभागी गोरखा भूतपूर्व सैनिक प्रतिनिधिहरूले पनि आफूहरूले बुझाएको प्रस्तावका बारेमा कुनै धारणा नआएको र छलफललाई नकारात्मक तवरले अघि बढाउन खोजिएको बताएका थिए। गोरखा सत्याग्राही पुष्पा राणा घलेले बेलायती सरकारी पक्षले राखेको धारणामा आफूहरू सन्तुष्ट नरहेको र पेन्सनलगायत गोरखाहरूका समस्याका बारेमा छलफल गर्ने सकारात्मक प्रस्ताव नआएमा आफू रक्षा मन्त्रालयमै बसिरहने अड्डी लिएकी थिइन् ।
नेपाली पक्षले बेलायती सरकारी पक्षलाई बैठकमा ब्रेक लिन र मन्त्रीलाई बोलाउन अनुरोध गरेको थियो ।
ब्रेकपछि बेलायती रक्षा मन्त्रालयका सल्लाहकार बैठकमा प्रवेश गरेका थिए । उनले बैठकमा नेपाली र गोरखा भूतपूर्व सैनिकहरूको राय सुनेपछि दुई सातामा अर्को बैठक बस्ने सहमति भएको बैठकमा सहभागी गोरखा भूतपूर्व सैनिक संघ (गेसो) का उपसभापति तथा वार्ताकार धर्मबहादुर तामाङले जानकारी दिए ।
गोरखाहरूले आगामी बैठकका बारेमा लिखित अजेण्डा पठाउन पनि अनुरोध गरेका थिए ।

बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
नेपालमा लगानी गर्न गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान
एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ : डा. केसी
यी हुन् प्रतिनिधिसभा समानुपातिकतर्फ निर्वाचित ११० सांसदको नाम [सूची]
दुबई विमानस्थल नजिक ड्रोन आक्रमण, उडान सेवा प्रभावित
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
नेपालमा प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फ एक करोड तीन लाख मतगणना सकियो
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
नेपालमा प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ सबै नतिजा सार्वजनिक, कुन दलका उम्मेदवारले कहाँ जिते ? [नामावली]