
काठमाडौँ । सिजनल वर्कर भिसामा बेलायत पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिलाई लोभ देखाएर ठगी गरेको आरोपमा नेपालमा एक व्यक्ति पक्राउ परेका छन् ।
बेलायत पठाइदिने लोभ देखाएर रु १५ लाख ठगी गरेको अभियोगमा काठमाडौँ महानगरपालिका–२९ सामाखुसी बस्ने इलामका ३७ वर्षीय प्रकाश राईलाई प्रहरीले पक्राउ गरेको छ ।
राईले पाँच जनालाई सिजनल भिसामा बेलायत जानका लागि प्रतिव्यक्ति रु ९ लाख लाग्ने र त्यहाँको कम्पनीमा रु चार लाख तलब हुन्छ भनी लोभ देखाएर पाँच जनाबाट प्रतिव्यक्ति रु तीन लाख ठगी गरेको खुल्न आएको छ ।
त्यसपछि फरार रहेका उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले सिनामङ्गलबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगरमा पठाइएको छ ।
बेलायतमा सिजनल वर्करका रुपमा नेपाली कामदारहरु आउन थालेपछि ठगी गर्नेहरु सल्बलाउन थालेका छन् । उनीहरुले विभिन्न बहानामा शुल्क लिने गरेको समाचार यसअघि बेलायतबाट प्रकाशन हुने गार्डियन पत्रिकाले पनि प्रकाशित गरिसकेको छ । तर सिजनल वर्कर भिसामा लाग्ने शुल्क र प्रक्रियाका बारेमा बेलायत सरकारको वेभसाइट gov.uk मा सबै जानकारी पाउन सकिन्छ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते