न्यूयोर्कका मेयरद्वारा अगष्ट ६ लाई विश्व नेवा सम्मेलन दिवसको घोषणा

लण्डन । अमेरिकाको न्यूयोर्क शहरका मेयर एरिक आडम्सले नेवाहरुले न्यूयोर्क शहरमा पुर्याएको योगदानको कदर गर्दै अगष्ट ६ लाई विश्व नेवा सम्मेलन दिवसको घोषणा गरेका छन् ।

उनले हस्ताक्षर गरेको सो घोषणा चौथो विश्व नेवा सम्मेलनमा हस्तान्तरण गरिएको थियो ।

चौथो विश्व नेवा सम्मेलन अगष्ट ५ देखि ८ सम्म न्यूयोर्कको ला गार्डिया होटलमा सम्पन्न भएको थियो । सो सम्मेलनको आयोजना विश्वा नेवा संगठनको तर्फबाट नेवा गुठी न्यूयोर्क र विश्व नेवा संगठन अमेरिका शाखाले संयुक्तरुपमा गरेका थिए ।

सम्मेलनमा अमेरिका, बेलायत, जर्मनी लगायत विभिन्न मुलुकका १४ वटा नेवा संगठनका करिब ३०० प्रतिनिधिहरुले भाग लिएको संगठनले जनाएको छ ।

सम्मेलनको उद्घाटन चर्चित कलाकार मदनकृष्ण श्रेष्ठले गरेका थिए । सम्मेलनमा नायिका अशिष्मा नकर्मी, मिस नेपाल प्रियङ्का रानी जोशी, कलाकार न्हुच्छेमान डङ्गोल लगायत सहभागी थिए ।

सम्मेलनमा नेवा परम्परा, सँस्कृति, नृत्य, गीत, फेसनका साथै नेवा सँस्कृति, सम्पदा, राजनीति, समुदाय लगायतका बारेमा प्राज्ञिक बहस समेत भएको थियो । नेपालबाट सँस्कृतिविद पीएस जोशी, राजनीतिकर्मी विजय सैँजु, महिलाका समस्या र सफलताबारे विद्या मानन्धर र रोजिना प्रधान राई लगायतले प्रस्तुति दिएका थिए ।

सम्मेलनको अध्यक्षता विश्व नेवा संगठन अमेरिकाका निर्वतमान अध्यक्ष सिजन श्रेष्ठले गरेका थिए भने सन्चालन उपाध्यक्ष समिर महर्जनले गरेका थिए । सम्मेलनले न्यूयोर्क घोषणा पत्र पारित गर्नुका साथै संयुक्त श्रेष्ठको अध्यक्षतामा नयाँ १४ सदस्सीय कार्यसमिति पनि चयन गरेको छ ।   

प्रतिक्रिया

सम्बन्धित सामाग्री