
लनडन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) युके ले काठमाण्डौं बौद्धस्थित सेचन गुम्बाका वरिष्ठ लामा गुरु खेन रिन्पोछे घ्युर्मी छुल्टीमलाईं स्वागत गरेको छ ।
शनिबार ३० जुलाईका दिन हिथ्रो एयरपोर्टमा बिसीसी युकेका अध्यक्ष धर्म तामाङ्गलगायत बिसीसी युके परिवारले उनलाई स्वागत गरेको हो ।
उनी बिसीसी युकेले सोमबार १ अगष्टका दिन बिसीसी युकेको अल्डरसट स्थित गुम्बामा छ्योखर दुचेन अर्थात् ठुक्पा छेश्पी तीथिको अवसरमा आयोजना गर्न लागेको बिशेष पूजामा प्रमुखको रुपमा बेलायत आएका हुन् । उक्त दिन उनले बौद्ध दर्शनबारे प्रवचन दिने, पूजापाठ गर्ने, वाङ्गदिनेलगायतको कार्यक्रम रहेको बिसीसी युकेका अध्यक्ष धर्म तामाङ्गले जानकारी दिए ।
उक्त कार्यक्रममा बेलायतमा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधि, बिसीसी युके परिवार, बिसीसी लण्डन शाखा परिवार, बौद्ध धर्मवालम्वीहरुको उपस्थिति रहने बिसीसी युकेका उपाध्यक्ष एवं कार्यक्रम संयोजक आङ्गदावा शेर्पाले जानकारी दिए । साथै, उनले उक्त पुजामा सहभागी हुन सबै भक्तजनहरुमा अनुरोध गरेका छन् ।
उनलाई स्वागतार्थ बिसीसी युकेका धर्म गुरु खेन्पो केलजङ्ग, लोपेन नोर्बु, अध्यक्ष धर्म तामाङ्ग, आमा अध्यक्ष उर्मिला गुरुङ, संस्थापक अध्यक्ष लेप्टन काजी शेर्पा, संस्थापक आमा अध्यक्ष ज्ञानुमाया गुरुङलगायत कार्यसमिति, आमा समूह, ट्रष्टीजहरु हिथ्रो एयरपोर्ट पुगेका थिए । करिब ३ हप्ता बेलायतमा रहने खेन् रिन्पोछेले बिसीसी युकेले आयोजना गर्ने विभिन्न धार्मिक कार्यक्रमहरुमा सहभागी हुने कार्यक्रम रहेको बिसीसी युकेका मिडिया सेक्रेटरी सविन्द्र कुमार गुरुङले जानकारी दिए ।
नेपाल जलवायु अनुकूलन र नवप्रवर्तनका लागि ‘जीवित प्रयोगशाला’: बेलायती राजदूत रोब फेन
फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु
फिलिपिन्समा शक्तिशाली भूकम्प, कम्तीमा ३ जनाको मृत्यु, सुनामीको चेतावनी
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
बेलायतबाट ९औं राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताका लागि २ लाख सहयोग
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
सभामुख अर्यालसँग एएनओको भेट, नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छ
ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरताको वार्षिक साधारणसभा सम्पन्न
बेलायतको फार्नबोरोमा आगामी जुलाई २४ र २५ मा आन्तरिक क्षमता अभिवृद्धि तालिम हुने