
लण्डन । सेवाका क्रममा श्रीमान देशबाहिर भएको मौका पारी आफ्नै सहकर्मीकी श्रीमतीलाई सामाजिक सन्जालमा म्यासेज पठाउँदै सताएको अभियोगमा एक सेवारत गोरखा सैनिक कार्बाहीमा परेका छन् ।
बुलफोर्ड सैनिक अदालतले उनलाई सहकर्मीकी श्रीमतीको नजिक जान प्रतिबन्ध लगाउनुका साथै घटुवा पनि गरेको छ ।
डेली मेलका अनुसार ३४ वर्षीय विवाहित सार्जेन्ट बमप्रसाद लुम्बाले सहकर्मीकी श्रीमतीलाई चार महिनाको अवधिमा २७ पटक फोन गरेका थिए । यसका साथै सामाजिक सन्जालमा पनि ‘म खाना खान कहिले आउँ’ भन्दै धेरैपटक म्यासेज पठाएका थिए ।
ती सैनिककी श्रीमतीले त्यस्ता म्यासेज पठाउन बन्द गर्न पटकपटक आग्रह गर्दा र सामाजिक सन्जालमा ब्लक गर्दा पनि लुम्बाले नयाँ नयाँ प्रोफाइल बनाउँदै सताउने गरेको अदालतमा बताइएको छ । फोन गर्ने व्यक्तिको परिचय लुकाउँदै उनले पटकपटक फोन गरेको पनि अदालतमा बताइयो ।
लुम्बालाई अहिले कारबाही गरी सार्जेन्टबाट कर्पोरलमा झारिएको छ ।
सजायँ सुनाउँदै न्यायाधीश रोबर्ट हिलले सेवामा देशबाहिर गएका गोरखाको श्रीमतीको सहकर्मी गोरखा सैनिकले हेरचाह गर्नु पर्नेमा रोमान्सका लागि फकाउनु सैन्य समुदायमा स्वीकार गर्न नसकिने घटना भएको बताए ।
लुम्बा क्वीन्स ओन गोरखा लजिस्टिक रेजिमेन्टमा कार्यरत छन् । उनी विवाहित हुन् ।
लुम्बाका वकिलले लुम्बाले खराब नियतले त्यसो नगरेको तर दुर्भाग्यपूर्ण घटना बताएका छन् ।
पीडितले अदालतबाट आफूमाथि न्याय नपाएको बताएकी छिन् । उनले आफ्नो घरमै डराएर बस्नुपरेको, काममा जाँदा पनि सुरक्षाका लागि साथीभाइसित जानु परेको बताएकी छिन् ।
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
नेपाली चलचित्रमा दर्शकको आकर्षण बढ्दो
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
लन्डनमा नेपाली बैंक सिटिजन्सलाई दोस्रो पटक ‘बैंक अफ द इयर अवार्ड’
भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा २२०० उडान रद्द, हजारौँ यात्रुहरू अलपत्र
आप्रवासनका लागि बेलायत आउने व्यक्तिको सङ्ख्या ६९ प्रतिशतले घट्यो
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
रोयल बरो अफ ग्रीनविच नेप्लिज सोसाइटीमा संरक्षक र सल्लाहकार मनोनीत
एनआरएनएका श्रेष्ठ र केसी समूहबीच बृहत् एकता, ६ महिनाभित्र महाधिवेशन गरिने
वैरागी काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, गीलु रातोसलाई ‘पहिचान युवा सम्मान