
लण्डन । बेलायतको सत्तारुढ कन्जरभेटिभ पार्टीभित्रको नयाँ नेताका लागि आन्तरिक प्रतिस्पर्धा अन्तिम चरणमा पुग्न लाग्दा अन्तिम दुई उम्मेदवार को हुने भन्ने प्रतिस्पर्धा रोचक बन्दै गएको छ ।
मंगलबार भएको चौथो चरणको चुनावमा समानतासम्बन्धी मन्त्री केमी बाडोनाक (५९ मतसहित) बाहिरिएकी छिन् भने हिजो प्रतिस्पर्धाबाट बाहिरिएका टोम टुगनढाटका समर्थकहरुको मत सबै उम्मेदवारहरुलाई बाँडिएको छ ।
ऋषि सुनकले हिजोको पाएको मतमा तीन मत थपेका छन् भने पेन्नी मोर्डन्टले १० मत थपेकी छिन् । पेन्नीलाई विदेश मन्त्री लिज ट्रसले पछ्याउँदै छिन् । उनले ८६ मत पाएकी छिन् । उनले १५ थपेर पेन्नीलाई कडा चुनौती दिएकी छिन् ।
अब पेन्नी र ट्रसबीच आज प्रतिस्पर्धाबाट बाहिरिएकी बाडोनाक समर्थकको मत कसले बढी हात पार्ने भन्ने बारेमा होडबाजी चल्नेछ । उनीहरु दुई जनामध्ये जसले बढी मत पाउँछ उही ऋषि सुनकसित अन्तिम प्रतिस्पर्धामा उत्रिनेछन् ।
भोलि दिउँसो १ बजेदेखि ३ बजेसम्म अन्तिम मतदानका लागि समय तोकिएको छ । ४ बजे मतपरिणाम घोषणा हुने अपेक्षा गरिएको छ ।
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
वैदेशिक रोजगारी कल्याणकारी कोषलाई १० करोड पुर्याउने एनआरएनएको लक्ष्य निर्धारण [यस्ता छन् २५ निर्णय]
अब नेपालको राजनीतिजस्तै एनआरएनलाई पनि फरक किसिमले अगाडि बढाउनुपर्छ : अध्यक्ष डा हेमराज शर्मा [अन्तर्वार्ता]