
लण्डन । गोरखा भूतपूर्व सैनिकहरुका समस्याका बारेमा नेपाल तथा बेलायत सरकारबीच हुने वार्तामा बेलायती वार्ता टोलीका तर्फबाट संयोजक तोकिएका मन्त्री लियो डोकोर्टीको जिम्मेवारी परिवर्तन भएको छ ।
गोरखाहरुको अधिक बसोबास रहेको अल्डरसट निर्वाचन क्षेत्रका सांसद डोकोर्टी यसअघि ‘मिनिस्टर फर डिफेन्स पिपुल र भेट्रान्स’ को जिम्मेवारीमा रहेका थिए । बेलायतमा मिनिस्टर भनिए पनि यो नेपालको सहायक मन्त्री जस्तै हो ।
यही जुलाई ७ देखि उनलाई ‘मिनिस्टर फर डिफेन्स पिपुल’ को जिम्मेवारी दिइएको छ ।
भेट्रान्स अफेयर्सका लागि भने जोनी मर्सरलाई नियुक्त गरिएको छ । सन् २०१९ देखि २०२१ सम्म ‘मिनिस्टर फर डिफेन्स पिपुल एण्ड भेट्रान्स’ रहेका मर्सरलाई यसपटक भने बढुवा गरी राज्यमन्त्री (स्टेट) मिनिस्टर बनाइएको छ । स्टेट मिनिस्टरहरुले मन्त्रिपरिषदको बैठकमा सहभागी हुन पाउँछन् ।
डोकोर्टी र मर्सर दुवै सैन्य पृष्ठभूमिका हुन् ।
जिम्मेवारी परिवर्तन भए पनि डोकोर्टीले अझै वार्ताको संयोजन गर्छन् कि गर्दैनन् भन्ने बारेमा केही जानकारी प्राप्त भइ नसकेको नेपाली दुताबास लण्डनकी उपनियोग प्रमुख तथा प्रवक्ता रोशन खनालले जानकारी दिनुभयो ।
उता गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिका संयोजक कृष्णबहादुर राईले पनि बेलायतमा पात्र परिवर्तन भए पनि पूर्ववर्ती सरकारको पोलिसी (नीति)ले निरन्तरता पाउने अभ्यास रहेकाले मन्त्री परिवर्तन भए पनि आफूहरु आशावादी नै रहेको बताए । त्यसमाथि व्यक्ति फेरिए पनि पार्टी एउटै भएकाले तात्विक भिन्नता नहुने आफूहरुको बुझाइ रहेको उनको भनाइ थियो ।
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध : परराष्ट्रमन्त्री खनाल
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई
नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : के के विषयमा भयो छलफल ?
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
बेलायतबाट ९औं राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताका लागि २ लाख सहयोग
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
काठमाडौंमा छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव
सभामुख अर्यालसँग एएनओको भेट, नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छ