
लन्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाले प्रदान गर्ने वर्ष पत्रकारिता पुरस्कार यस वर्ष पत्रकारहरु खेमराज रानाभाट र नवीन पोखरेललाई दिइने भएको छ ।
पुरस्कृत व्यक्ति छनोटका लागि शाखाले गठन गरेको समितिको सिफारिशका आधारमा रानाभाट र पोखरेललाई संयुक्त रुपमा एफएनजे यूके वर्ष पत्रकारिता पुरस्कार २०२२ प्रदान गर्ने निर्णय गरिएको शाखाले जनाएको छ ।
रानाभाटको हिमालखबर डटकममा प्रकाशित ‘बेलायती गोर्खा सैनिकः अब आफ्नो कथा, आफ्नै कलम’ शीर्षकको स्टोरी तथा पोखरेलको कान्तिपुर दैनिकमा प्रकाशित ‘बेलायतका विमानस्थलबाट फर्काइंदै नेपाली विद्यार्थी’ शीर्षकको स्टोरीका लागि पुरस्कार दिइने भएको हो ।
पुरस्कारका लागि छनोट भएका दुवै पत्रकारलाई सम्मान पत्रका साथ जनही २ सय ५१ पाउण्ड नगद पुरस्कार दिइने छ ।
आइतबार लन्डनमा आयोजना हुने शाखाको दशौं वार्षिकोत्सव तथा स्थापना दिवस समारोहमा पुरस्कार वितरण गरिने जनाइएको छ ।
रानाभाट पत्रकार महासंघ बेलायत शाखाका वर्तमान सचिव हुन् । पछिल्लो समय हिमालखबरका लागि बेलायतबाट रिपोर्टिंग गर्दै आएका उनी युरोपबाट सञ्चालित नेपाली वेभका सम्पादक पनि हुन् ।
त्यस्तै, पोखरेल विगत डेढ दशकदेखि बेलायतस्थित कान्तिपुर दैनिकका संवाददाताका रुपमा कार्यरत छन् । बेलायतबाट सञ्चालित नेपाली लिंकका प्रधानसम्पादक रहेका उनी पत्रकार महासंघ बेलायतका संस्थापक अध्यक्ष समेत हुन्। पोखरेल यसअघि एनआरएनए अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार, साहित्य विकास परिषद पत्रकारिता पुरस्कारलगायतबाट पनि सम्मानित भइसकेका छन् ।
पुरस्कार छनौटका लागि भगिरथ योगी, प्राध्यापक डा तेजेन्द्र फेराली, डा ओम गौतम, संगीता मरहट्ठा र डा सुमाया राई रहेको समिति गठन गरिएको थियो । समितिको संयोजन योगी र डा फेरालीले गरेका थिए ।
शाखाले गत वर्ष स्थापना गरेको पुरस्कार पहिलो वर्ष पत्रकार श्रीभक्त खनालले प्राप्त गरेका थिए ।
पाँचथर समाज सेवा यूकेले मे २ मा १३ औं संस्करणको पाँचथर कप आयोजना गर्ने
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
गायिका सुमिना लो तामाङलाई ‘योगिता मोक्तान प्रतिभा पुरस्कार’
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
हिटलरको घर अब प्रहरी चौकी
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
नेपाल पर्यटन बोर्डसँगको समन्वयमा क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम