
लन्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाले प्रदान गर्ने वर्ष पत्रकारिता पुरस्कार यस वर्ष पत्रकारहरु खेमराज रानाभाट र नवीन पोखरेललाई दिइने भएको छ ।
पुरस्कृत व्यक्ति छनोटका लागि शाखाले गठन गरेको समितिको सिफारिशका आधारमा रानाभाट र पोखरेललाई संयुक्त रुपमा एफएनजे यूके वर्ष पत्रकारिता पुरस्कार २०२२ प्रदान गर्ने निर्णय गरिएको शाखाले जनाएको छ ।
रानाभाटको हिमालखबर डटकममा प्रकाशित ‘बेलायती गोर्खा सैनिकः अब आफ्नो कथा, आफ्नै कलम’ शीर्षकको स्टोरी तथा पोखरेलको कान्तिपुर दैनिकमा प्रकाशित ‘बेलायतका विमानस्थलबाट फर्काइंदै नेपाली विद्यार्थी’ शीर्षकको स्टोरीका लागि पुरस्कार दिइने भएको हो ।
पुरस्कारका लागि छनोट भएका दुवै पत्रकारलाई सम्मान पत्रका साथ जनही २ सय ५१ पाउण्ड नगद पुरस्कार दिइने छ ।
आइतबार लन्डनमा आयोजना हुने शाखाको दशौं वार्षिकोत्सव तथा स्थापना दिवस समारोहमा पुरस्कार वितरण गरिने जनाइएको छ ।
रानाभाट पत्रकार महासंघ बेलायत शाखाका वर्तमान सचिव हुन् । पछिल्लो समय हिमालखबरका लागि बेलायतबाट रिपोर्टिंग गर्दै आएका उनी युरोपबाट सञ्चालित नेपाली वेभका सम्पादक पनि हुन् ।
त्यस्तै, पोखरेल विगत डेढ दशकदेखि बेलायतस्थित कान्तिपुर दैनिकका संवाददाताका रुपमा कार्यरत छन् । बेलायतबाट सञ्चालित नेपाली लिंकका प्रधानसम्पादक रहेका उनी पत्रकार महासंघ बेलायतका संस्थापक अध्यक्ष समेत हुन्। पोखरेल यसअघि एनआरएनए अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार, साहित्य विकास परिषद पत्रकारिता पुरस्कारलगायतबाट पनि सम्मानित भइसकेका छन् ।
पुरस्कार छनौटका लागि भगिरथ योगी, प्राध्यापक डा तेजेन्द्र फेराली, डा ओम गौतम, संगीता मरहट्ठा र डा सुमाया राई रहेको समिति गठन गरिएको थियो । समितिको संयोजन योगी र डा फेरालीले गरेका थिए ।
शाखाले गत वर्ष स्थापना गरेको पुरस्कार पहिलो वर्ष पत्रकार श्रीभक्त खनालले प्राप्त गरेका थिए ।
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
नेपाली चलचित्रमा दर्शकको आकर्षण बढ्दो
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
लन्डनमा नेपाली बैंक सिटिजन्सलाई दोस्रो पटक ‘बैंक अफ द इयर अवार्ड’
भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा २२०० उडान रद्द, हजारौँ यात्रुहरू अलपत्र
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
रोयल बरो अफ ग्रीनविच नेप्लिज सोसाइटीमा संरक्षक र सल्लाहकार मनोनीत
एनआरएनएका श्रेष्ठ र केसी समूहबीच बृहत् एकता, ६ महिनाभित्र महाधिवेशन गरिने
वैरागी काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, गीलु रातोसलाई ‘पहिचान युवा सम्मान
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता