
लण्डन । बेलायतको स्कटल्याण्डलाइ अलग राष्ट्रको मान्यता दिनु हुन्छ कि हुँदैन भन्ने बारेमा स्कटल्याण्डमा पुन जनमत संग्रहको प्रस्ताव गरिएको छ ।
स्कटल्याण्डकी प्रथम मन्त्री निकोला स्टरजनले अर्को वर्षको अक्टोबर १९ मा त्यस्तो जनमत संग्रहका लागि आज प्रस्ताव गरेकी छिन् ।
सो प्रस्ताव बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई पनि पठाइसकिएको बताइएको छ ।
बेलायत सरकारको सहमति बिना स्कटल्याण्ड एक्लैले त्यस्तो जनमत संग्रह गर्न पाउँछ कि पाउँदैन भन्ने बारेमा परामर्श गर्न बेलायतको सर्वोच्च अदालतमा पनि निवेदन गरिएको प्रथम मन्त्री स्टरजनले जानकारी दिएकी छिन् ।
उता बेलायती प्रधानमन्त्री बोरिस जोनसनले भने अहिले अर्को जनमत संग्रह गर्ने बेला नभएको बरु दह्रो आर्थिक अवस्था बनाउने समय भएको बताएका छन् ।
पछिल्लोपटक यही विषयमा सन् २०१४ जनमत संग्रह भएको थियो जसमा स्कटल्याण्डलाई स्वतन्त्र मुलुक बनाउनु पर्नेमा ४५ प्रतिशत र विपक्षमा ५५ प्रतिशत मत परेको थियो ।
स्कटल्याण्डमा स्कटिश न्याशनालिष्ट पार्टीले स्कटल्याण्डलाई अलग मुलुकको माग राख्दै आएको छ र लामो समयदेखि सो पार्टीले स्थानीय शासन पनि गर्दै आएको छ ।
स्टरजनको सो प्रस्तावको स्कटल्याण्डमा रहेका अरु पार्टीहरुले भने विरोध गरेका छन् ।
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक