
लण्डन । ‘संस्थाको शुद्धिकरण, समुदायको एकीकरण’ नारा दिएर नेतृत्वमा आएको गैरआवासीय नेपाली संघ युकेको वर्तमान कार्यसमितिभित्र आपसी विवाद बाहिरिन थालेको छ ।
आक्कलझुक्कल सामाजिक सञ्जालमा देखिए पनि आइतबार प्रवक्ता भरतमणि चोङवाङको नामबाट महासचिव खुशी लिम्बुको जिम्मेवारी खोस्ने निर्णय सार्वजनिक भएसँगै कार्यसमितिभित्रको विवाद छताछुल्ल हुन शुरु गरेको हो । आइतबार राति नै महासचिव खुशी लिम्बु र कोषाध्यक्ष विष्णु खरेलले एनआरएनए युकेको नाममा अर्को विज्ञप्ति जारी गरी महासचिव लिम्बुलाई जिम्मेवारीबाट मुक्त गर्ने निर्णय झूटो भएको दाबी गरेका छन् ।
सोमबार फेरि अध्यक्ष प्रेम गाहाको नामबाट पत्रकार तथा समुदायका विभिन्न व्यक्तिहरुलाई सम्बोधन गरी अर्को प्रेस विज्ञप्ति जारी गरिएको छ । जसमा उपाध्यक्ष रामचन्द्र पोखरेललाई एनआरएनए युके विभाजन गर्न खोजेको, कार्यसमितिमा गुटबन्दी गर्न खोजेको आरोप लगाइएको छ ।
पोखरेलले एनआरएनए युकेभित्रको आपसी मतभेदलाई लिएर २६ जुनमा अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) का महासचिव गौरीराज जोशीलाई इमेल गरेका थिए । पोखरेल आफूले सो इमेल पठाएको स्वीकार गर्छन् । उनले भने, “एनआरएनए युकेभित्र के हुँदैछ, परिस्थिति बिग्रँदै गएमा के गर्नुपर्ने हुनसक्छ भनेर आइसिसीलाई पूर्व जानकारी गराएको हुँ ।”
उनले शनिबार बसेको एनआरएनए युकेको बैठकमा पनि तीनवटा प्रस्ताव राखेको बताएका छन् । जसमा कार्यसमितिभित्र बिग्रँदै गएको वातावरण सुधार्नुपर्ने, आइसिसीसितको सदस्यता शुल्क लगायतको विषय टुंग्याउनु पर्ने र यी दुई विषय नटुंगिएसम्म आर्थिक कारोबार रोक्नुपर्ने छन् ।
उता अध्यक्ष गाहाले भने प्रेस विज्ञप्तिमा पोखरेलमाथि एनआरएनए युकेलाई फुटाउन प्रयोग गरिएको आरोप लगाएका छन् । पोखरेलको अध्यक्षतामा बेलायतमा एनआरएनएको नयाँ कार्यसमिति बनाउन खोजिएको पनि विज्ञप्तिमा उल्लेख छ ।
गाहाले आफूलाई कार्यसमितिका महासचिव र कोषाध्यक्षले असहयोग गरेको पनि आरोप लगाएका छन् ।
यसबारेमा कोषाध्यक्ष विष्णु खरेलसित सम्पर्क हुन सकेन ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने