
लण्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेले हरेक वर्ष प्रदान गर्ने फोनिज युके पत्रकारिता पुरस्कार पत्रकार निलिफा सुब्बा र टीकाराम प्रधानलाई प्रदान गरिने भएको छ ।
फोनिज युकेको गत साता बसेकले सो निर्णय गरेको हो ।
पुरस्कारका लागि फोनिज केन्द्रीय समितिबाट पाँच जना पत्रकारहरुको नाम सिफारिस भएकोमा छनौट समितिले सुब्बा र प्रधानलाई यसवर्ष सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको फोनिज युकेकी अध्यक्ष गोमा रानाले बताउनु भयो ।
बैठकमा फोनिज युकेका अध्यक्ष गोमा राना, प्रमुख सल्लाहकार मेजर रिटायर्ड सोनामछिरिङ शेर्पा, निवर्तमान अध्यक्ष प्रमिला लाबुङ राई, उपाध्यक्ष बम थापा सूर्यबंशी, पुरस्कार छनौट समितिका सहसंयोजक दुतबहादुर पुन र सचिव लीला सेलिङको उपस्थिति रहेको थियो ।
सो पुरस्कारको राशी २५/२५ हजार रुपियाँ नगद र ताम्रपत्र रहेको छ ।
धरानलाइ कार्यथलो बनाउँदै आएकी सुब्बा नेपाल पत्रकार महासंघ केन्द्रीय समिति पूर्व सदस्य समेत रहिसक्नुभएको छ । सुब्बा हाल ब्लाष्ट टाइम्स दैनिक र ब्रिटिश फोर्सेस ब्रोडकास्टिङ सर्भिस (बीएफबीएस) मा कार्यरत हुनुहुन्छ । उहाँ मर्निङ टाइम्स दैनिक, गणतन्त्र एफएम, सञ्चारिका समूहमा पनि आवद्ध हुनुहुन्थ्यो । पत्रकारिताबाहेक थुप्रै सामाजिक कार्य पनि उहाँ संलग्न हुनुहुन्छ ।
पत्रकारितामा २० वर्ष बढी बिताएका पत्रकार प्रधान पनि नेपाल पत्रकार महासंघको पूर्व केन्द्रीय सदस्य हुनुहन्छ । फोनिज केन्द्रीय समितिको पूर्व कोषाध्यक्ष रहिसक्नुभएका प्रधान हाल द काठमाण्डु पोष्ट दैनिकमा कार्यरत हुनुहुन्छ । यसअघि १६ वर्ष उहाँ द हिमालयन टाइम्स दैनिकमा कार्यरत हुनुहुन्थ्यो । उहाँले त्रिभुवन विश्वविद्यालयबाट पत्रकारितामा स्नातकोत्तरसम्मको अध्ययन गर्नुभएको छ ।
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने