
लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेले बेलायत भ्रमणमा रहेका नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेको बौद्ध दर्शन प्रबर्धन तथा गुम्बा विकास समितिका अध्यक्ष फुपु छेम्बे शेर्पा (खेन्पो गेशे थुप्तेन जिक्डोल) लाई स्वागत गरेको छ ।
उनलाई बुधबार बीसीसी युकेका अध्यक्ष धर्म तामाङ्गलगायत बीसीसी युकेका सदस्य तथा आमाहरुले खादा लगाई बीसीसी युकेको अल्डरसटस्थित गुम्बामा स्वागत गरेका हुन् ।
सो अवसरमा बीसीसी युकेका संस्थापक अध्यक्ष एवं सल्लाहकार ले.रि. काजी शेर्पाले बीसीसी युकेको स्थापना कहिले र कसरी भयो भन्ने बारे बताउँदै यसले गर्दै आएको विभिन्न कार्यहरुको जानकारी दिएका थिए ।
त्यस्तै, विकास समितिका अध्यक्ष खेन्पो शेर्पाले मानव जीवनमा बुद्ध धर्मको महत्वको चर्चा गर्दै बौद्ध धर्मबारे प्रवचन दिएका थिए । त्यस्तै, उनले बीसीसी युकेले बेलायतमा बुद्ध धर्मको प्रचारप्रसार लगायत आफ्ना कला र संस्कृति जगेर्ना गर्न खेलेको भूमिकाको प्रसंशा गर्दै आफू आवद्ध रहेको विकास समितिले गर्दै आएको विभिन्न कार्यहरु बारे जानकारी गराए ।
उक्त स्वागत कार्यक्रमको अन्त्यमा बीसीसी युकेका अध्यक्ष धर्म तामाङ्गले श्रद्धेय खेन्पोलाई स्वागत गर्न पाउँदा खुशी लागेको बताउँदै बीसीसी युकेले गर्दै आएको विभिन्न धार्मिक, साँस्कृतिक, शैक्षिक र च्यारिटीमूलक कार्यबारे जानकारी दिए ।
उक्त कार्यक्रममा बीसीसी युकेका लामा गुरु खेन्पो कुन्ख्याप, खेन्पो कालजाङ्ग र्धोर्जी, लोपन नोर्बु, संस्थापक अध्यक्ष ले.रि. काजी शेर्पा, उपाध्यक्ष हर्क गुरुङ, आमा समूहकी उपाध्यक्ष जगना गुरुङ, सल्लाहकार जंगबहादुर गुरुङलगायत आमाहरु, शुभचिन्तक एवं धर्म मित्रहरुको उपस्थिति रहेको थियो ।
बीसीसी युकेका अध्यक्ष धर्म तामाङ्गको अध्यक्षतामा सम्पन्न भएको उक्त स्वागत कार्यक्रमलाई बीसीसी युकेका महासचिव क्याप्टेन देव घलेले संचालन गरेका थिए ।

बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]