प्रवासी नेपाली मञ्च युकेद्वारा नेताहरूको सम्मान र अन्तर्क्रिया

लन्डन । बेलायतको संसदीय ट्रेजरी कमिटी सम्बन्धी अवलोकन गर्न नेपालबाट बेलायत आउनुभएका नेकपा (एमाले)का उपाध्यक्ष पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, संसदीय अर्थ समितिका सभापति कृष्णप्रसाद दाहाल, सांसदहरू जयकुमार राई, पदम गिरी लगायत नेकपा एमाले सल्लाहकार समितिका सदस्य पूर्व सासद कुलप्रसाद नेपालको सम्मानमा प्रवासी नेपाली मञ्च युकेद्वारा स्वागत अभिनन्दन तथा अन्तर्क्रिया कार्यक्रमको आयोजना सम्पन्न भएको छ ।
नर्थ ह्यारोस्थित सारस रेस्टूरेन्टमा मंगलबार साँझ आयोजित उक्त समारोहलाई सम्बोधन गर्नु हुँदै समारोहका प्रमुख अतिथि नेकपा एमालेका उपाध्यक्ष पूर्व मन्त्री सुरेन्द्र पाण्डेले ”संसारका सबै देशहरूले समयको कालखण्डमा अनेकौँ कठिनाईहरू झेलेर नै देश विकास गरेका छन्, हामीले पनि यस्तै कठिनाइहरू झेलेर देश विकास गर्न सकिन्छ सबै क्षेत्रबाट संकल्प गरेर लागिपर्नु पर्छ” भन्नुभयो । पूर्व मन्त्री पाण्डेले अहिलेको युग नलेज इकोनोमीको युग भएकाले हामीले पनि नलेजमा आधार बनाएर कृषि र उद्योगको विकास गर्नु पर्दछ भन्नु हुँदै प्रवासबाट पनि ज्ञान सीप र पुँजी लिएर लगानी गर्न स्वदेशमा फर्कन आह्वान गर्नुभयो ।
यसअघि समारोहमा अर्का वक्ता अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले तपाईहरूले प्रवासमा आर्जन गरेको ज्ञान र पुँजीको आवश्यक्ता नेपाललाई छ, नेपाल फर्केर देश विकासमा लाग्नु होस् भन्नुभयो ।
यसैगरी, जयकुमार राईले यहाँ आएर पार्टी संगठनका गतिविधिहरू जान्न पाउँदा र यसरी भेटघाट गर्न पाउँदा न्यानो अनुभूति भयो । तपाइँहरूको पार्टी प्रतिको चिन्तनले पार्टी संगठन मजबुत बनाउन महत्वपूर्ण योगदान पुग्ने चर्चा गर्नुभयो ।
अर्का वक्ता पदम गिरीले गएको स्थानीय निर्वाचनमा विपक्षीहरूको अस्वस्थ गठबन्धनको घेरालाई चिरेर नेकपा एमाले माथि उठेको चर्चा गर्नुभयो ।
एमाले सल्लाहकार समितिका सदस्य पूर्व सांसद कुलप्रसाद नेपालले वैदेशिक रोजगारीमा जानु पर्ने बाध्यात्मक परिस्थितिबाट मुक्त गर्न सरकारले स्वदेशी उद्योग र कृषिलाई बढी जोड दिएर आधुनिक ढाँचामा ढाल्नु पर्ने चर्चा गर्नुभयो ।
यसअघि समारोहमा प्रवासी नेपाली मञ्चको सम्पूर्ण संगठनको तर्फबाट सम्बोधन गर्नुहँदै प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका अध्यक्ष भक्त गुरुङले विश्वव्यापीरूपमा संगठित प्रवासी नेपाली मञ्चले राजनीतिक र सामाजिक गतिविधिहरूद्वारा देश र जनसमाजको समृद्धि अघि बढाउन लागिपरेको चर्चा गर्नुभयो । अध्यक्ष गुरुङले समृद्ध नेपाल र सुखी नेपालीको अभियानमा प्रवासबाट संगठितरूपले सक्रिय रहेको विचार व्यक्त गर्नु भयो ।
सभापतिको आसनबाट बोल्नुहुँदै प्रवासी नेपाली मञ्च युके राष्ट्रिय कमिटीका अध्यक्ष सुरेन्द्र थपलियाले देश विकास र जनताका मूलभूत आवश्यक्ता परिपूर्ति गर्न देशमा नेकपा एमाले जस्तो राष्ट्रिय पार्टी मजबुत हुनु आवश्यक छ र प्रवासी नेपाली मञ्च पार्टीलाई बलियो बनाउन र जनताको आवश्यक्ताहरूमा सघाउन प्रवासमा स्पस्ट उद्देश्य बोकेर संगठितरूपले क्रियाशील रहेको चर्चा गर्नु भयो ।
यसैगरी धन्यवाद ज्ञापन मन्तव्य गर्नुहुँदै अर्का वरिष्ठ उपाध्यक्ष तुङ्गभद्र भुषालले आफ्नो व्यस्त समयका अलाबा पनि कार्यक्रममा समय दिनुहुने अतिथि लगायत संयोजन, सहभागिता र व्यवस्थापनमा सहयोग पुर्याउने सम्पूर्ण सहभागीहरुमा आभार प्रकट गर्नु हँदै समारोहमा राखिएको बृहद सहभागिताले देश प्रतिको चिन्ता र माया यति धेरै छ भन्ने संवेदन्शीलता प्रस्ट दर्शाएको छ भन्नु भयो ।
यसअघि स्वागत मन्तव्य राख्नुहुँदै मञ्चकी वरिष्ठ उपाध्यक्ष सरस्वती केसीले हामी वाध्यताले प्रवासमा बसेको चर्चा गर्नुहुँदै हामीलाई देशको माया छ स्वदेश फर्कने वातावरण बनाई दिन आग्रह गर्नु भयो ।
कार्यक्रमको सञ्चालन गर्नुहुँदै मञ्चका महासचिव सुरेशजङ्ग शाहले देश विकास र जनजीविकाको नजिक पुगेर पार्टीको संगठन अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउनु भएका नेताहरूको अनुभव र देशको परिस्थिति यहाँ रहेका जनसमाजमा जानकारी होस् र प्रवासका समस्याहरू नेताहरूलाई जानकारी होस् भन्ने अभिप्रायले प्रवासी नेपाली मञ्च युकेद्वारा स्वागत अभिनन्दन तथा अन्तर्क्रिया कार्यक्रमको आयोजना गरिएको चर्चा गर्नुभयो ।
राष्ट्रिय गान र सहिदहरूप्रति सम्मान प्रकट गरेर आरम्भ भएको समारोहमा प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष भक्त गुरुङ र प्रवासी नेपाली मञ्च युकेका केन्द्रीय अध्यक्ष सुरेन्द्र थपलियाद्वारा प्रमुख अतिथि नेकपा एमालेका उपाध्यक्ष पूर्व अर्थ मन्त्री सुरेन्द्र पाण्डे, संसदीय अर्थ समितिका सभापति कृष्णप्रसाद दाहाल, सांसदहरू जयकुमार राई, पदम गिरी र नेकपा एमाले सल्लाहकार समितिका सदस्य पूर्व सांसद कुलप्रसाद नेपाललाई खादा, पुष्पगुच्छा र अभिनन्दन पत्रद्वारा सम्मान अर्पण गरिएको थियो ।
समारोहमा एनआरएनए अन्तराष्ट्रिय समन्वय समितिमा उपमहासचिव पदमा निर्वाचित हुनु हुने मञ्चका पूर्व अध्यक्ष रामशरण सिंखडा, एनआरएन आईसीसी सदस्यमा निर्वाचितद्वय मऩ्चका पूर्व अध्यक्ष दिनेश घिमिरे र सदस्य भीमलाल भट्टराईलगायत एनआरएन आईसीसीका सहकोषाध्यक्ष कृष्ण तिमिल्सिना र ब्रिटेन नेपाल चेन्बर अफ कमर्सका उपाध्यक्ष विराज भट्टलाई प्रमुख अतिथि नेकपा एमालेका उपाध्यक्ष पूर्व अर्थ मन्त्री सुरेन्द्र पाण्डेले खादा र पुस्पगुच्छा लगाई सम्मान अर्पण गरिएको थियो ।
प्रवासी नेपाली मञ्च युकेद्वारा उक्त स्वागत अभिनन्दन तथा अन्तर्क्रिया कार्यक्रम संयोजनका लागि मञ्चका पूर्व अध्यक्ष दिनेश घिमिरेको संयोजकत्वमा पूर्व अध्यक्ष रामशरण सिंखडा, वरिष्ठ उपाध्यक्ष सरस्वती केसी, कोषाध्यक्ष पुन्य रेग्मी, क्षेत्रीय अध्यक्ष अर्जुन चापागाँई र निर्देशन त्रिपाठी रहेको संयोजन समिति गठन गरिएको थियो । समारोहमा प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटी सदस्य तथा पूर्वअध्यक्ष कर्ण बहादुर शाही, युरोप महाद्विपीय कमिटीका अध्यक्ष गोविन्द पौडेल, उपाध्यक्ष तथा बेलायत इन्चार्ज विनोद ज्ञवाली र मञ्चक केन्द्रीय कमिटी तथा विभिन्न क्षेत्रीय कमिटीका पदाधिकारी, सल्लाहकारहरु, सदस्यहरू र समाजका लव्ध प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री