
लन्डन । बेलायतमा रेलवे कामदारका नेटवर्कले तीन दशकभन्दा धेरै समययताको ठूलो हडताल सुरु गरेका छन् । तीन दिन लामो सो हड्तालको पहिलो दिन मंगलबार ८० प्रतिशत रेलवे सेवा अवरुद्ध भएको छ ।
हडताल हुन नदिनका लागि अन्तिम चरणसम्म भएका वार्ता असफल भएका छन् भने प्रधामन्त्री बोरिस जोन्सनले निरीहता प्रकट गरेका छन् । उता रेलवेहरुको संजाल नेटवर्क रेलका अध्यक्षले यात्रुहरुसित माफी मागेका छन् ।
आरएमटी नाम गरेको युनियनले रेलवे हडतालको आयोजना गरेको छ । महंगीअनुसार तलव समायोजन हुनुपर्ने उसको मुख्य माग छ ।
रेलवे युनियनका करिब ५० हजारभन्दा बढी सदस्य यस हप्ता तीन दिनको लागि हडतालमा उत्रिएका छन् ।
लण्डनभित्रको भूमिगत रेल (ट्यूब) पनि मङ्गलबार बिहान बन्द छ ।
बेलायतका यातायात मन्त्री ग्रान्ट शाप्सले यस हडतालको निन्दा गरेका छन् । उता प्रतिपक्षी लेबर पार्टीले भने सरकारले हडताल रोक्न आवश्यक कदम चाल्न नसकेको आरोप लगाएका छन् ।
रेलवे सेवामा भएको हडतालका कारण बेलायतका चारवटै राज्यमा रेलवे सेवा ठप्प भएका छन् भने बिहीबार र शनिबार पनि हड्ताल आयोजना गरिएको छ । तर हड्तालका कारण पुग्न पर्ने स्थानमा रेलहरु नपुगेका कारण पूरै साता बेलायतको जनजीवन ठप्प हुने देखिएको छ ।

बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]