
लन्डन । बेलायतमा रेलवे कामदारका नेटवर्कले तीन दशकभन्दा धेरै समययताको ठूलो हडताल सुरु गरेका छन् । तीन दिन लामो सो हड्तालको पहिलो दिन मंगलबार ८० प्रतिशत रेलवे सेवा अवरुद्ध भएको छ ।
हडताल हुन नदिनका लागि अन्तिम चरणसम्म भएका वार्ता असफल भएका छन् भने प्रधामन्त्री बोरिस जोन्सनले निरीहता प्रकट गरेका छन् । उता रेलवेहरुको संजाल नेटवर्क रेलका अध्यक्षले यात्रुहरुसित माफी मागेका छन् ।
आरएमटी नाम गरेको युनियनले रेलवे हडतालको आयोजना गरेको छ । महंगीअनुसार तलव समायोजन हुनुपर्ने उसको मुख्य माग छ ।
रेलवे युनियनका करिब ५० हजारभन्दा बढी सदस्य यस हप्ता तीन दिनको लागि हडतालमा उत्रिएका छन् ।
लण्डनभित्रको भूमिगत रेल (ट्यूब) पनि मङ्गलबार बिहान बन्द छ ।
बेलायतका यातायात मन्त्री ग्रान्ट शाप्सले यस हडतालको निन्दा गरेका छन् । उता प्रतिपक्षी लेबर पार्टीले भने सरकारले हडताल रोक्न आवश्यक कदम चाल्न नसकेको आरोप लगाएका छन् ।
रेलवे सेवामा भएको हडतालका कारण बेलायतका चारवटै राज्यमा रेलवे सेवा ठप्प भएका छन् भने बिहीबार र शनिबार पनि हड्ताल आयोजना गरिएको छ । तर हड्तालका कारण पुग्न पर्ने स्थानमा रेलहरु नपुगेका कारण पूरै साता बेलायतको जनजीवन ठप्प हुने देखिएको छ ।

बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने