
काठमाडौँ । एनआरएनए युकेका कोषाध्यक्ष विष्णु खरेल र मोडल शाक्षी लम्साल अभिनित ‘माया बस्यो है’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
प्रेमिल शैलीको यस गीतमा गायक पवन गिरीको स्वर, शब्द र सङ्गीत रहेको छ । गीतलाई वृजेश श्रेष्ठले सङ्गीत संयोजन गर्नुभएको हो । राज पोख्रेलले छायाङ्कन गरेको यस भिडियोलाई विकास दाहालले सम्पादन गर्नुभएको हो । ‘दिनरात सपना देख्छु, तिमीलाई नै सधैँ भेट्छु’, ‘ल है ल है, माया बस्यो है’, ‘तिम्रो साथ आइपुग्दा…’ लगायत बोलका गीत म्युजिक भिडियोमा समावेश गरिएको छ ।
अनुप चापागाईँको निर्देशनमा भिडियो तयार पारिएको हो । भिडियो गायक गिरीको आधिकारिक च्यानल पवन गिरी ‘अफिसिएल’मार्फत् सार्वजनिक भएको छ । यसअघि गायक गिरीको स्वरमा रहेको ‘बधाई छ’, ‘मिल्टेरीको जुत्ता’, ‘म जे छु’, ‘मलाई एकछिन देऊ’ लगायत थुप्रै गीत सार्वजनिक भइसकेका छन् ।
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह