
लण्डन । लोकप्रिय गायक राजेश पायल राईको बेलायतमा एकल साँगीतिक कार्यक्रम हुने भएको छ ।
किरात राई यायोख्या बेलायतको आयोजनामा जुलाई २४ तारिखका दिन सो कार्यक्रम हुन लागेको आयोजकहरुले आज जानकारी दिएका छन् ।
कार्यक्रम संयोजक यायोख्याका उपाध्यक्ष क्याप्टेन रिटायर्ड सुमनचन्द्र राईका अनुसार सो कार्यक्रम अल्डरसटस्थित एम्पायर हलमा आयोजना हुनेछ । राजेश पायल राईले लाइभ ब्याण्डका साथमा सो कार्यक्रममा करिब २५ वटा गीत गाउने आयोजकले बताएका छन् ।
करिब साढे दुई घण्टा चल्ने सो कार्यक्रममा गायक राजेश पायल राईलाई सम्मान समेत गरिने छ ।
कार्यक्रममा करिब १ हजार जनाको उपस्थिति रहने आयोजकको अपेक्षा छ ।
कार्यक्रमबाट बचेको रकम कला र कलाकारको सम्मान, किरात राई समुदायको भलाइ, परोपकार र कल्याणको कार्यमा खर्च गरिने बताइएको छ ।
नेपाली सुगम संगीतमा लामो समयदेखि एउटा विशिष्ट स्थान बनाएका गायक राजेश पायल राईको सो सांगीतिक कार्यक्रम राई समुदाय मात्र नभई समग्र नेपालीहरुका लागि र सबै उमेर समूहका लागि सुहाउँदो हुने बताइएको छ ।
पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक राईले कार्यक्रमलाई सफल बनाउन हुन सबैलाई हार्दिक अपील गरेका थिए ।

एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा