
लन्डन। नेपाल पत्रकार महासंघ युके शाखाद्वारा हरेक वर्ष प्रदान गरिने ‘एफएनजे यूके वर्ष पत्रकारिता पुरस्कार २०२२’ को लागि यही जुन ३० भित्र आवेदन गर्न सूचना जारी गरिएको छ।
पुरस्कार छनोट समितिले एक सूचना जारी गर्दै पुरस्कारको लागि आफ्नो आवेदन पठाउन वा अरुलाई सिफारिश गर्न आव्हान गरेको छ।
पुरस्कारमा सहभागी हुन सन् २०२१ जुन महिनाको १ तारिखदेखि सन् २०२२ मे महिनाको ३१ तारिखसम्मको अवधिमा आफूद्वारा लिखित बाइलाइनसहितको मात्र एक लेखरचना, समाचार, फिचर आदिलगायत श्रव्यदृश्य सामग्रीको खुल्ने लिंक वा प्रकाशित सामग्रीको स्क्यान गरिएको प्रति जुन ३० तारिख अपरान्ह ५ बजेभित्र [email protected] मा पठाउनुपर्नेछ।
सञ्चारकर्मीले आफूले लेखेको सामग्री आफैँ पठाउन वा अरु कसैले सिफारिश गरिदिन समेत सक्नेछन्।
बेलायतका नेपालीहरु, भूपू गोर्खा तथा गैरआवासीय नेपालीहरुको जनजीवनलगायत उनीहरुका समस्या तथा हकहितका बारेमा प्रकाशित, प्रसारित खोजमूलक सामग्री, लेख तथा समाचारहरुलाई पुरस्कार छनोटमा प्राथमिकता दिइने जनाइएको छ। त्यस्तै, नेपाल र नेपालीहरुका लागि उपयोगी हुने बेलायतका अनुभव र अभ्यासका बारेमा प्रकाशित सामग्रीलाई पनि प्राथमिकता दिइनेछ।
बेलायतमा कार्यरत नेपाली पत्रकारहरुलाई खोजमूलक पत्रकारिताका लागि प्रोत्साहित गर्ने उद्देश्यले स्थापित यो पुरस्कार हरेक वर्ष उत्कृष्ट समाचार लेख्ने एकजना पत्रकारलाई ५ सय दुई पाउण्ड नगद र सम्मानपत्र वा संयुक्त रुपमा दुई जनालाई जनही २ सय ५१ पाउण्ड नगद र सम्मापत्रसहित प्रदान गरिन्छ। गत वर्ष सो पुरस्कार पत्रकार श्रीभक्त खनालले पाएका थिए ।
यस वर्ष सो आगामी जुलाई १० मा लन्डनमा हुने शाखाको दशौँ वार्षिकोत्सव समारोहमा वितरण गरिने शाखाले जनाएको छ । पुरस्कार छनोटका लागि शाखाका सल्लाहकार समेत रहेका वरिष्ठ पत्रकार भगिरथ योगीको संयोजकत्वमा युनिभर्सिटी कलेज लन्डन (युसिएल) का एसोसिएट प्राध्यापक डा तेजेन्द्र फेराली, वाटर एड यूकेमा कार्यरत जनस्वास्थ्य विज्ञ डा ओम गौतम, वरिष्ठ सञ्चारकर्मी संगीता मरहठ्ठा र त्रिभुवन विश्वविद्यालयकी पूर्व उपप्राध्यापक डा सुमाया राई सदस्य रहेको पुरस्कार छनोट समिति गठन गरिएको छ।
नेपाली मूलका विदेशी नागरिक र एनआरएनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा
एनआरएनका लागि नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा अलग्गै डेस्क राखिने
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित