
लण्डन । बेलायतका राजकुमार विलियमले घरबारविहीनहरुको सहयोगका लागि लण्डनको सडकमा पत्रिका बेच्दै गरेको पाइएको छ ।
मध्य लण्डनको वेष्टमिनिष्टरको रोचेष्टर रोमा राजकुमार विलियम्सले बुधबार बिग इस्यु नाम गरेको म्यागेजिन बेचिरहेको सर्वसाधारणले भेट्टाएका छन् ।
उनलाई चिनेर केहीले उनीसित फोटो पनि खिचेका छन् र ती फोटोहरु अहिले बेलायतका मिडियाहरुमा छाइरहेका छन् ।
उनले बिग इस्यु बिक्रेताले लगाउने रातो हाफ ज्याकेट, रातो बेसबल क्याप र जिन्स लगाएका छन् ।
बिग इस्यु घरबारबिहीन, लामो समय जागिर नपाएकाहरुको सहयोगका लागि प्रकाशन गर्ने गरिन्छ । उनीहरुले ३ प्रति सो पत्रिका शुरुमा निशुल्क पाउँछन् र बजारमा प्रति म्यागेजिन ३ पाउण्डको दरले बेच्नेछन् । यसरी कमाएको पैसा पत्रिकालाई बुझाउनु पर्ने छैन तर ३ प्रतिभन्दा बढी पत्रिका चाहिएमा प्रतिगोटा १ पाउण्ड ५० पेन्स पत्रिकालाई तिर्न पर्ने छ ।
बेलायती महारानीको प्लाटिनम जुब्ली लगत्तै राजकुमार विलियम्सको यस सामाजिक कार्यलाई उदाहरणका रुपमा लिइएको छ । तथापि उनको कार्यालयले यसबारेमा कुनै पुष्टि गरिसकेको छैन ।
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]