
लण्डन । बेलायती महारानी एलिजाबेथ द्वितीयाको गद्दी आरोहणको प्लाटिनम जुब्लीको अवसरमा बेलायतमा कार्यरत दुई नेपाली मूलका मानिसले सम्मान पाएका छन् ।
यसरी सम्मान पाउनेहरुमा फ्रिम्ली हेल्थ एनएचएस ट्रष्टका प्रोफेसनल लिड सुमनराज श्रेष्ठ र प्रसारण प्राविधिक इन्द्रप्रसाद लिम्बु रहेका छन् ।
ब्रिटिश फोर्सेस ब्रोडकास्टिङ सर्भिसमा कार्यरत लिम्बुलाई सैन्य सेवाका लागि मेम्बर अफ अर्डर अफ द ब्रिटिश इम्पाएर (एमबीई) सम्मान दिइएको छ भने रोयल कलेज अफ नर्सिङ एण्ड नर्स कन्सलट्यान्ट इन क्रिटिकल केयरका प्रोफेसनल लिड श्रेष्ठलाई क्रिटिकल केयर नर्सिङमा पुर्याएको योगदानका लागि मेम्बर अफ अर्डर अफ द ब्रिटिश इम्पाएर (एमबीई) दिइएको छ ।
४३ वर्षीय श्रेष्ठ २१ वर्षदेखि क्रिटिकल केयर क्षेत्रमा कार्यरत रहेका छन् । उनी युनिभर्सिटी अफ ब्राइटनमा क्रिटिकल केयर कोर्सका भिजिटिङ लेक्चरर पनि छन् । लिम्बु ब्रिटिश फोर्सेस ब्रोडकास्टिङ सर्भिसमा कार्यरत रहेका छन् ।
महारानीको प्लाटिनम जुब्लीका अवसरमा १ हजार १३४ जनालाई विभिन्न पदवी दिइएको छ ।

बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
बेलायतमा मनायो मंगल बुद्ध विहार यूकेले २५७०औँ बुद्ध जयन्ती [तस्बिरहरु]
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न