
लण्डन । बेलायतमा सञ्चालित एक प्रतिष्ठित व्यापारिक प्रतिष्ठान ए स्टार फाइनान्सियल सोल्यूसन्सको झण्डा विश्वको सर्वोच्च शिखर सगरमाथामा पुर्याइएको छ ।
हाल बेलायती सेनामा कार्यरत सैनिक तेजन गुरुङले सो झण्डा सगरमाथाको चुचुरोमा पुर्याएका हुन् । उनले ए स्टारसँगै ब्रिगेड अफ गोर्खाज क्रिकेट क्लवको झण्डा पनि शिखरमा पुर्याएका छन् । ए स्टार सो क्रिकेट क्लवको प्रायोजक रहेको छ ।
कीर्तिमानी पर्वतारोही निम्स पुर्जाको पर्वतारोहण कम्पनी एलाइट एक्सपिडिसन्सबाट गुरुङले सगरमाथा आरोहण गरेका हुन् । उनी निम्स पुर्जासँगै सगरमाथा शिखरमा पुगेका हुन् । सगरमाथा आरोहणपछि गुरुङ, विमल पुर्जा र निम्स पुर्जाले ल्होत्सेको पनि सँगै आरोहण गरेका छन् ।
ए स्टार फाइनान्सियल सोल्यूसन्सका प्रिन्सिपल चार्टर्ड फाइनान्सिल एडभाइजर मीन दर्लामीले ए स्टारको लोगो सगरमाथाको चुचुरोमा पुग्दा गर्व लागेको बताए । उनले बेलायतमा एक दशकदेखि ग्राहकहरुलाई व्यावसायिक सेवाका साथमा समुदायको सशक्तीकरण र युवाहरुलाई उत्प्रेरणाका लागि सहयोग गर्दै आएकोमा यसबाट अझै थप सहयोग गर्न हौसला मिलेको बताए ।
एक दशकअघि स्थापित ए स्टारले बेलायतभर पेन्सन, विल (इच्छापत्र), मोर्गेज, इन्भेष्टमेण्ट, इन्स्योरेन्स, रियल स्टेट लगायतका क्षेत्रमा सेवा प्रदान गर्दै आएको छ ।
यसका साथै युवाहरुलाई हौसला प्रदान गर्न विभिन्न खेलकुद प्रतियोगितामा पनि प्रायोजन गर्दै आएको छ । बेलायतमा पहिलोपटक भइरहेको नेप्लिज बास्केटबल लिग प्रतियोगिताको ए स्टार टाइटल स्पोन्सर रहेको छ भने फुटबलतर्फ ब्रिगेड ब्वाइज फुटबल क्लव र हिलिङडन गोर्खा युथ फुटबल क्लव, क्रिकेटतर्फ ब्रिगेड अफ गोरखाज क्रिकेट क्लव र गोर्खा क्रिकेट क्लव, भलिबलतर्फ केन्ट भलिबल क्लव, मार्शल आर्टतर्फ बक्सर आदिप राना, मिक्स्ड मार्शल आर्ट फाइटर युकी आङदेम्बेलगायतलाई प्रायोजन गरेको छ ।


नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर