
लन्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाद्वारा हरेक वर्ष प्रदान गरिने ‘एफएनजे यूके वर्ष पत्रकारिता पुरस्कार २०२२’ को लागि पुरस्कार छनोट समिति गठन गरिएको छ।
शाखाका अध्यक्ष ध्रुवराज अर्यालको अध्यक्षतामा आइतबार क्याम्बर्लीमा सम्पन्न कार्यसमितिको बैठकले शाखाका सल्लाहकार समेत रहेका वरिष्ठ पत्रकार भगिरथ योगीको संयोजकत्वमा पुरस्कार छनोट समिति गठन गरेको हो।
समितिमा युनिभर्सिटी कलेज लन्डन (युसिएल) का एसोसिएट प्रोफेसर डा तेजेन्द्र फेराली, वाटर एड यूकेमा कार्यरत जनस्वास्थ्य विज्ञ डा ओम गौतम, वरिष्ठ सञ्चारकर्मी संगीता मरहठ्ठा र त्रिभुवन विश्वविद्यालयकी पूर्व उपप्राध्यापक डा सुमाया राई सदस्य छन् । ।
बेलायतमा कार्यरत नेपाली पत्रकारहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले शाखाद्वारा स्थापित सो पुरस्कार वार्षिक रुपमा प्रदान गरिन्छ र पुरस्कारको राशी ५ सय २ पाउन्ड रहेको छ।
पुरस्कारको लागि प्राप्त आवेदन वा सिफारिशहरुमध्ये उत्कृष्ट स्टोरीका आधारमा समितिले विजेता छनोट गर्नेछ। यस वर्षको पुरस्कार आगामी जुलाई १० मा लन्डनमा आयोजना हुने शाखाको दशौँ वार्षिकोत्सव तथा स्थापना दिवस समारोहमा वितरण गरिने योजना छ।
शाखाले सोही कार्यक्रममा बेलायतबाट १० वर्षभन्दा लामो समयदेखि निरन्तर प्रकाशन र प्रसारण हुँदै आएका नेपाली सञ्चारमाध्यमहरुलाई ‘एफएनजे यूके मिडिया सम्मान’ द्वारा सम्मान गर्ने निर्णय गरेको छ। त्यस्तै, शाखाका संस्थापकहरुलाई पनि कार्यक्रममा सम्मानित गर्ने योजना छ ।
बैठकले दशौँ वार्षिकोत्सव तथा स्थापना दिवस समारोहका अवसरमा एक विशेषांक प्रकाशन गर्ने निर्णय गर्दै उक्त कार्यको संयोजन गर्ने जिम्मा वरिष्ठ उपाध्यक्ष दिनेश परियारलाई दिएको छ।
शाखा अध्यक्ष अर्यालले अध्यक्षता र महासचिव नरेन्द्र बस्नेतले सञ्चालन गरेको बैठकमा वरिष्ठ उपाध्यक्ष दिनेशकुमार परियार, उपाध्यक्ष शिव भण्डारी, सचिव खेमराज रानाभाट, कोषाध्यक्ष एसके गुरुङ तथा कार्यसमिति सदस्यहरु नगेन्द्र नेम्वाङ, मिलन तमु, बाचस्पति रेग्मी, बम थापा सूर्यवंशीलगायतको सहभागिता थियो।
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]