
लण्डन । बेलायत निवासी नायिका दीया पुनले सगरमाथाको सफल आरोहण गरेकी छिन् ।
उनले शुक्रबार बिहान सगरमाथाको आरोहण गरेको उनीसँगै सगरमाथामा पुगेका कीर्तिमानी आरोही निर्मल पुर्जा (निम्स दाइ) ले पुष्टी गरेका छन् ।
सो आरोहणमा निम्स, दीया लगायत २० जनालाई सफलता मिलेको थियो ।
पुर्जाको इलाइट एक्सपीडिसन्सबाट उनले सगरमाथा आरोहण गरेकी थिइन् । पुर्जाले आरोहणमा चार जना शेर्पाले पनि सगरमाथा पुग्ने मौका पाएको बताएका छन् ।
आरोहणमा सहभागी सबैजना अहिले साउथ कोलमा फर्किसकेको र सबैको अवस्था राम्रो रहेको पनि पुर्जाले बताएका छन् ।
पेशाले नर्स नायिका दीया पुनले सगरमाथा आरोहणका क्रममा तीनवटा च्यारिटीलाई सहयोग पनि संकलन गरेकी छिन् । जसमा जसमा बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) च्यारिटी टुगेदर, उनी कार्यरत कोलचेष्टर अस्पताल च्यारिटी र नेपालमा रहेको चिल्ड्रेन एण्ड युथ फर्स्ट रहेका छन् ।
उनले अभिनय गरेका चलचित्रहरुमा वीरविक्रम, मिस्टर झोले, ह्याप्पी डेज, दयारानी, मन्त्र लगायतका छन् ।
यसअघि उनले मनासलु हिमालको पनि आरोहण गरिसकेकी छिन् ।

नेकपा एमालेकी लुम्बिनी प्रदेशसभा सांसद रेखा शर्मा पक्राउ
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा