
लण्डन । मगर संघ युकेको आयोजनामा बेलायतमा आयोजना हुने गरेको नेपाली ओपन कन्सर्ट मे २८ मा हुने भएको छ ।
कोरोना भाइरसको महामारीका कारण दुई वर्ष सो कन्सर्ट हुन सकेको थिएन ।
फार्नब्रो फुटबल क्लवमा बिहान ११ बजेदेखि साँझ ८ बजेसम्म हुने सो कन्सर्टमा दर्शकहरुलाई मनोरञ्जन दिन नेपालबाट चर्चित कलाकारहरु प्रकाश सपुत, भ्वाइस अफ नेपाल २०२१ की उपविजेता तारा श्रीश र नेपाल आइडलका विजेता भूपेन्द्र थापामगर बेलायत आउने भएका छन् । उनीहरुको साथमा बेलायतमा रहेका नेपाली कलाकारहरु पनि सहभागी हुने छन् ।
सो कन्सर्टमा बालबालिकाहरुका लागि मनोरञ्जन, फेस पेन्टिङ र अन्य रोचक खेलहरु राखिने बताइएको छ ।
सो कन्सर्टमा भाग लिन बयस्कका लागि २० पाउण्ड, बालबच्चाहरुका लागि १५ पाउण्ड तोकिएको छ ।
बेलायतका लागि नेपाली राजदुतको प्रमुख आतिथ्यतामा हुने सो कन्सर्टमा स्थानिय काउन्सिलका नेता, मेयर, काउन्सिलहरु, नेपाली समुदायका अगुवाहरुहरु अतिथिका रुपमा आमन्त्रण गरिएका छन् ।
हजारौँ मानिसहरु सहभागी हुने सो कन्सर्टमा व्यापारिक प्रतिष्ठानहरुको पनि स्टलहरु रहने छन् ।
सबै उमेर समूहका मानिसहरुले मनोरञ्जन लिन सक्ने सो कन्सर्ट बेलायतमा नेपाली सँस्कृतिको जगेर्ना गर्ने उद्देश्यले आयोजना गरिएको अध्यक्ष सीता पुन मगरले बताइन् । कन्सर्टमा भाग लिनका लागि उनले बेलायतमा रहेका सबै नेपालीहरुलाई अनुरोध गरेकी छिन् ।
मगर संघ युकेले १४ वर्षदेखि सो कन्सर्ट आयोजना गर्दै आएको छ । सन् २००२ मा स्थापित संघको युकेमा १२ वटा रहेको छ ।
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
क्यानाडामा नेपथ्यको शृङ्खलाबद्ध यात्रा : टोरन्टोको टिकट ‘सोल्ड आउट’
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय