
लण्डन । मगर संघ युकेको आयोजनामा बेलायतमा आयोजना हुने गरेको नेपाली ओपन कन्सर्ट मे २८ मा हुने भएको छ ।
कोरोना भाइरसको महामारीका कारण दुई वर्ष सो कन्सर्ट हुन सकेको थिएन ।
फार्नब्रो फुटबल क्लवमा बिहान ११ बजेदेखि साँझ ८ बजेसम्म हुने सो कन्सर्टमा दर्शकहरुलाई मनोरञ्जन दिन नेपालबाट चर्चित कलाकारहरु प्रकाश सपुत, भ्वाइस अफ नेपाल २०२१ की उपविजेता तारा श्रीश र नेपाल आइडलका विजेता भूपेन्द्र थापामगर बेलायत आउने भएका छन् । उनीहरुको साथमा बेलायतमा रहेका नेपाली कलाकारहरु पनि सहभागी हुने छन् ।
सो कन्सर्टमा बालबालिकाहरुका लागि मनोरञ्जन, फेस पेन्टिङ र अन्य रोचक खेलहरु राखिने बताइएको छ ।
सो कन्सर्टमा भाग लिन बयस्कका लागि २० पाउण्ड, बालबच्चाहरुका लागि १५ पाउण्ड तोकिएको छ ।
बेलायतका लागि नेपाली राजदुतको प्रमुख आतिथ्यतामा हुने सो कन्सर्टमा स्थानिय काउन्सिलका नेता, मेयर, काउन्सिलहरु, नेपाली समुदायका अगुवाहरुहरु अतिथिका रुपमा आमन्त्रण गरिएका छन् ।
हजारौँ मानिसहरु सहभागी हुने सो कन्सर्टमा व्यापारिक प्रतिष्ठानहरुको पनि स्टलहरु रहने छन् ।
सबै उमेर समूहका मानिसहरुले मनोरञ्जन लिन सक्ने सो कन्सर्ट बेलायतमा नेपाली सँस्कृतिको जगेर्ना गर्ने उद्देश्यले आयोजना गरिएको अध्यक्ष सीता पुन मगरले बताइन् । कन्सर्टमा भाग लिनका लागि उनले बेलायतमा रहेका सबै नेपालीहरुलाई अनुरोध गरेकी छिन् ।
मगर संघ युकेले १४ वर्षदेखि सो कन्सर्ट आयोजना गर्दै आएको छ । सन् २००२ मा स्थापित संघको युकेमा १२ वटा रहेको छ ।
स्विट्जरल्यान्डमा नयाँ वर्षको पार्टीका क्रममा रिसोर्टमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु, १०० भन्दा बढी घाइते
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
बेल्जियममा भव्यताका साथ तमु ल्होसार कार्यक्रम सम्पन्न
ल्होछारको अवसरमा तमु समाज युके नेपाली कम्युनिटी सेन्टरमा ग्रहशान्ति तथा शुद्धीकरण पूजा सम्पन्न
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण