
लण्डन । शान्तिका अग्रदूत भगवान बुद्धको २५६६औँ जन्मजयन्ती बुद्धिस्ट कम्युनिटी सेन्टर केन्ट यूकेले आशफोर्ड केन्टस्थित साइमन चर्च हलमा मनाएको छ ।
कोभिड महामारीपछि पहिलो पटक प्रत्यक्षरुपमा हिजो शनिबार सो जयन्ती मनाइएको थियो ।
गुरुहरुको आगमनलाई स्वागत गर्नका लागि बुद्धिस्ट कम्युनिटी सेन्टर केन्ट यूकेका अध्यक्ष रणधोज गुरुङ, आमा समूहकी अध्यक्ष प्रेमकुमारी गुरुङ, कार्यसमिति, आमा समूह, ट्रस्टीहरुलगायत बेलायतका विभिन्न ठाउँमा बसोबास गर्दै आउनु भएका बौद्धधर्मावलम्वीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
उक्त समारोहका लागि गुरुहरु खेन्पो शिर लामा गुरुङ, लोपेन निमा साङपो र स्थानीय लामा काजी गुरुङ रहेको थियो ।
संस्थाका अध्यक्ष रणधोज गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम सञ्चालन सचिव कविराज घिसिङले गरेका थिए ।
उक्त समारोहमा अध्यक्ष गुरुङले बुद्ध जयन्तीको शुभकामना तथा कार्यक्रममा उपस्थित सम्पूर्णमा आफ्नो छोटो मन्तव्य राखे भने उपाध्यक्ष रक्ष तामाङले स्वागत मन्तव्य राखे ।
उक्त कार्यक्रममा खेन्पो शिर लामा गुरुङको बाहुलीबाट संस्थाका ९५ जना नयाँ ट्रस्टीहरुलाई खादा र प्रमाणपत्र प्रदान गरिएको थियो । उक्त प्रमाणपत्र हस्तान्तरण कार्यमा संस्थाका कोषाध्यक्ष गणेश गुरुङले सहयोग गरेका थिए ।
त्यसैगरी उक्त दिनको लागि शाकाहारी दिवा भोजन व्यवस्था शेर्पा मणि छोक्पा आशफोर्ड केन्टले प्रायोजन गरेका थिए भने प्रसादको लागी सेलरोटी र मार्मे (दिप प्रज्वलन) धुप र मैन बत्ती थुग्जे छेन्पो मणि छोक्पा तामाङ समूहले प्रायोजन गरेको थियो ।
उक्त समारोहमा बेलायतका विभिन्न ठाउँबाट आउनु भएको श्रद्धालु भक्तजनहरुको उपस्थितिले कार्यक्रम हल भित्र र हल परिसरमा भक्तजनहरुको ठूलो जमात भएकोले समारोहको भव्यतामा थप गरिमा बढेको थियो ।
अन्तमा उपाध्यक्ष निमतेन्जी शेर्पाले उपस्थित सबैलाई धन्यवाद ज्ञापन दिए पछि खेन्पो शिरलामा गुरुङले प्रवचनको अन्तमा वहाँलाई कार्यक्रममा निमन्त्रणा गर्नु भएकोमा आभार व्यक्त गर्दै केन्टमा छिटै एउटा सुन्दर गुम्बा स्थापित होस भनी शुभकामना व्यक्त गरे । अन्तमा गुरु दर्शन (वाङ) प्राप्त गरी श्रद्धालु भक्तजनहरु खुसी मन लिएर घर फर्केका थिए ।


तेहरानमा इजरायली आक्रमण, क्षेत्रीय तनाव चुलियो
पाँचथर समाज सेवा यूकेले मे २ मा १३ औं संस्करणको पाँचथर कप आयोजना गर्ने
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
गायिका सुमिना लो तामाङलाई ‘योगिता मोक्तान प्रतिभा पुरस्कार’
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
हिटलरको घर अब प्रहरी चौकी
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
एनआरएनएको १२ औं अन्तर्राष्ट्रिय महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक
निर्वाचनले परिर्वतनको अपेक्षा पूरा गर्नेछ : पूर्वप्रमुख निर्वाचन आयुक्त डा यादव [अन्तर्वार्ता]