
लण्डन । नेपाली राजदुताबास लण्डनले कुरियरबाट पासपोर्ट लगायतका कागजात पठाउँदा खर्चिलो भएको गुनासोलाई ध्यानमा राखी रोयल मेलबाट सस्तोमा घरमै कागजात उपलब्ध गराउन सकिने उपाय सुझाएको छ ।
दुताबासले एक सूचना जारी गरी बेलायत, आयरल्याण्ड र माल्टामा बसोबास गर्ने नेपालीहरुलाई दुताबासबाट प्राप्त हुने कुनै पनि कागजातहरु लिन परेमा रोयल मेलबाट सजिलो र सस्तोमा सेवा लिने तरिका बताएको छ ।
सूचना यस प्रकार छ:
Royal Mail मार्फत पार्सल अर्डर गर्न सकिने वैकल्पिक व्यवस्था सम्बन्धी जरुरी सूचना
यस राजदूतावासमा हुलाकमार्फत् संयुक्त अधिराज्य (बेलायत), आयरल्याण्ड र माल्टामा बसोबास गर्ने नेपाली नागरिकहरु तथा अन्य सेवाग्राहीहरुले राहदानी, भिसा लगायतका सेवाका लागि आवेदन दिई तयार कागजातहरु प्रेषित गर्दा कुरियर कम्पनीहरुमार्फत् पठाउँदा धेरै खर्चिलो भएको भन्ने गुनासो प्राप्त भएको सन्दर्भमा Royal Mail को अनलाइन सेवाबाट सस्तो एवं सर्वसुलभ माध्यमबाट आ-आफ्नो घर ठेगानामा आफ्नो राहदानी लगायतका कागजातहरु मगाउन सकिने र यसरी कागजात मगाउँदा देहायबमोजिमको लिंकमा गएर आफ्नो पूरा ठेगाना लगायतका सम्पूर्ण विवरण भरी अनुरोध गर्न सकिने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ।
Royal Mail मार्फत राहदानी तथा अन्य कागजात पठाउन अनुरोध गर्ने प्रक्रिया तथा ध्यान दिनुपर्ने अन्य आवश्यक जानकारीहरु:
‘Are you sending an item that was sold via a marketplace?’ भन्ने option मा ‘No’ छान्ने ।
‘Customs declaration category’ भन्ने ठाउँमा Documents छान्ने
‘Items description’ भन्ने ठाउँमा Passport अथवा आफूले माग गरेको document type उल्लेख गर्ने
‘Country of Origin’ मा United Kingdom छान्ने
‘Items value’ मा ‘०’ (Zero) राख्ने
नेपाली राजदूतावास,
लण्डन
२०७९।०२।०३ (१७ मे २०२२)
बेलायतवासी राईसहित दश विशिष्ट स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
पूर्वमन्त्री एवं राप्रपाका वरिष्ठ नेता विक्रम पाण्डेसहित दुई जना पक्राउ