
लण्डन । नेपाली राजदुताबास लण्डनले कुरियरबाट पासपोर्ट लगायतका कागजात पठाउँदा खर्चिलो भएको गुनासोलाई ध्यानमा राखी रोयल मेलबाट सस्तोमा घरमै कागजात उपलब्ध गराउन सकिने उपाय सुझाएको छ ।
दुताबासले एक सूचना जारी गरी बेलायत, आयरल्याण्ड र माल्टामा बसोबास गर्ने नेपालीहरुलाई दुताबासबाट प्राप्त हुने कुनै पनि कागजातहरु लिन परेमा रोयल मेलबाट सजिलो र सस्तोमा सेवा लिने तरिका बताएको छ ।
सूचना यस प्रकार छ:
Royal Mail मार्फत पार्सल अर्डर गर्न सकिने वैकल्पिक व्यवस्था सम्बन्धी जरुरी सूचना
यस राजदूतावासमा हुलाकमार्फत् संयुक्त अधिराज्य (बेलायत), आयरल्याण्ड र माल्टामा बसोबास गर्ने नेपाली नागरिकहरु तथा अन्य सेवाग्राहीहरुले राहदानी, भिसा लगायतका सेवाका लागि आवेदन दिई तयार कागजातहरु प्रेषित गर्दा कुरियर कम्पनीहरुमार्फत् पठाउँदा धेरै खर्चिलो भएको भन्ने गुनासो प्राप्त भएको सन्दर्भमा Royal Mail को अनलाइन सेवाबाट सस्तो एवं सर्वसुलभ माध्यमबाट आ-आफ्नो घर ठेगानामा आफ्नो राहदानी लगायतका कागजातहरु मगाउन सकिने र यसरी कागजात मगाउँदा देहायबमोजिमको लिंकमा गएर आफ्नो पूरा ठेगाना लगायतका सम्पूर्ण विवरण भरी अनुरोध गर्न सकिने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ।
Royal Mail मार्फत राहदानी तथा अन्य कागजात पठाउन अनुरोध गर्ने प्रक्रिया तथा ध्यान दिनुपर्ने अन्य आवश्यक जानकारीहरु:
‘Are you sending an item that was sold via a marketplace?’ भन्ने option मा ‘No’ छान्ने ।
‘Customs declaration category’ भन्ने ठाउँमा Documents छान्ने
‘Items description’ भन्ने ठाउँमा Passport अथवा आफूले माग गरेको document type उल्लेख गर्ने
‘Country of Origin’ मा United Kingdom छान्ने
‘Items value’ मा ‘०’ (Zero) राख्ने
नेपाली राजदूतावास,
लण्डन
२०७९।०२।०३ (१७ मे २०२२)
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाल एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र