
काठमाडौँ । नेपालमा सम्पन्न स्थानीय निर्वाचनको हालसम्मको परिणामअनुसार नेपाली काँग्रेस फराकिलो अन्तरसहित अगाडी देखिएको छ ।
यो समाचार तयार पार्दासम्म परिणाम घोषणा भएका ३६० पालिकाहरुमध्ये काँग्रेसले १५९ पालिकामा प्रमुख र १५७ पालिकामा उपप्रमुख जितेको छ भने विगतको स्थानिय निर्वाचनमा सबैभन्दा ठूलो दल भएको नेकपा एमालेले १०५ पालिकामा प्रमुख र १०५ पालिकामा उपप्रमुख पद जितेको छ ।
यसैगरी, नेकपा माओवादी केन्द्रले ७८ वटा पालिकामा प्रमुख र ७८ वटै पालिकामा उपप्रमुख जितेको छ । नेकपा एकीकृत समाजवादीले ५ पालिकामा प्रमुख, ११ पालिकामा उपप्रमुख जितेको छ भने जनता समाजवादी पार्टी नेपालले ४ वटा पालिकामा प्रमुख र ५ वटामा उपप्रमुख जितेको छ ।
धेरैजसो पहाडी क्षेत्रका जिल्लाहरुको परिणाम आइसकेको छ भने अधिक जनसंख्या भएका शहरहरु र तराईका अधिकांश जिल्लामा मतगणना भइरहेको छ । वैशाद ३० गते मतदानमा अवरोध भएका केही मतदान केन्द्रहरुमा आज पनि मतदान भएका छन् ।
मतगणना भइरहेका पालिकाहरुमा पनि नेपाली काँग्रेस नै अगाडी देखिन्छ । काँग्रेस करिब १५० वटा पालिकामा अग्रपंक्तिमा छ भने एमाले करिब ९० वटामा । उता माओवादी केन्द्र करिब ४० वटामा अगाडी छ भने जनता समाजवादी पार्टी करिब ३० स्थानमा अगाडी छ । नेकपा एकीकृत समाजवादी १४ स्थान र लोकतान्त्रिक समाजवादी पार्टी ११ स्थानमा अगाडी रहेका छन् ।
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह