
लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायतले अन्तर्राष्ट्रिय समन्वय समितिसित सम्झौता गरेर मात्र सदस्यतावापत उठाएको शुल्क पठाउने निर्णय गरेको छ ।
एनआरएनए युकेको आइतबार बसेको कार्यसमितिको बैठकले सो निर्णय गरेको हो । एमओयुका बारेमा अन्तर्राष्ट्रिय समन्वय समितिलाई पत्राचार गर्दा पनि चासो नदेखाएको हुनाले यसबारेमा पुन पत्राचार गर्ने निर्णय एनआरएनए युकेले गरेको छ । साथै एनआरएनए यूकेले नेपाल हाउस निर्माण वा खरिद गर्ने प्रकृया सुरु गरिसकेकोले यसपटकका लागि सदस्यता शुल्क मिनाहा गरिदिन अन्तर्राष्ट्रिय समन्वय परिषदलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
अध्यक्ष प्रेम गाहा मगरको अध्यक्षता र महासचिव खुशी लिम्बुले सन्चालन गरेको सो बैठक एनआरएनए युकेको कार्यालयमा बसेको थियो ।
बैठकले एनआरएनए यूकेले बिभिन्न व्यक्ति वा संस्थाहरुलाई तिर्न बाँकी रहेका बिलहरु भुक्तानी गर्न कोषाध्यक्ष विष्णु खरेललाई निर्देशन दिएको छ ।
यस्तै, एनआरएनए यूकेले हाल बेलायत भ्रमणमा रहेका डा. महावीर पुनसंग आगामी ३ जुन २०२२ तारिखका दिनमा एक अन्तरकृया गर्ने भएको छ । कार्यक्रमको संयोजनको जिम्मेवारी उपाध्यक्ष गोविन्द खरेललाई दिइएको छ ।
यसैगरी, एनआरएनए यूकेले आगामी जुन ४ मा अल्डर्शटमा हुने गोर्खा कपका दिन हेल्थ क्याम्प (स्वास्थ्य शिविर) को आयोजना गर्ने भएको छ । सोको संयोजन गर्ने जिम्मेवारी स्वास्थ्य विभाग संयोजक डा. विशाल गुरुङलाई दिइएको छ ।
एनआरएनए यूकेले नेपाल हाउस प्रोजेक्टको लागि रशमूर बरोका काउन्सिल लीडरहरुलाई कार्यालयमै निमन्त्रणा गरी एक अन्तरकृया तथा परामर्श कार्यक्रम आयोजना गर्ने भएको छ र त्यसको संयोजन अध्यक्ष प्रेम गाहा मगर गर्ने भएका छन् ।
साथै अगस्ट ६ मा वार्षिक साधारण सभा (काउन्सिल बैठक) को अवसर पारेर एनआरएनए भ्वाइसको नयाँ अंक प्रकाशन गर्ने निर्णय गरेको छ । सोको संयोजनको जिम्मेवारी उपाध्यक्ष रामचन्द्र पोखरेल र सम्पादनको जिम्मेवारी महासचिव खुशी लिम्बू र प्रवक्ता भरतमणी चोङबाङलाई दिइएको छ ।
एनआरएनए यूकेको बैंक वेलफेयर अकाउण्ट वन्द भएको भएको र सो खातामा रहेको करिब २६ हजार पाउण्ड खोजी गर्न उपाध्यक्ष नारायण कँडेल र कोषाध्यक्ष विष्णु खरेललाई जिम्मा दिइएको छ ।
नेपालमा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा बेलायतबाट सहभागी हुन इच्छुक खेलाडीहरुलाई यात्रा खर्च एनआरएनए यूकेले उपलब्ध गराउने निर्णय गरेको छ भने एनआरएनए युकेको कार्यालयमा राजदूतावासको घुम्ती सेवा उपलब्ध गराइदिन नेपाली राजदूतावासलाई पुनः अनुरोध गर्ने निर्णय गरेको छ ।
गत २४ अप्रिल २०२२ को दिन कोभेण्ट्रीमा निधन भएका रामप्रसाद सुवेदीको आर्थिक अवस्था निकै कमजोर भएको भनी एनआरएनए यूकेमा निवेदन परेकोमा मृतकको परिवारलाई ५०० पाउण्ड प्रदान गर्ने निर्णय गरिएको छ ।
एनआरएनए यूकेको निर्वाचनमा राज्य समन्वय परिषदका उम्मेदवारहरुबाट लिइएको उम्मेदवारी शुल्क पूर्व निर्णयअनुसार ५० प्रतिशत केन्द्रमा राखी बाँकी ५० प्रतिशत सम्बन्धित राज्य समितिलाई फिर्ता गर्ने निर्णय गरिएको छ । यस्तै राज्यपरिषदहरुलाई प्रत्येक काउण्टी काउन्सिल गठन गरेबापत ३०० पाउण्ड प्रदान गर्ने निर्णय गरिएको छ ।
यस्तै मिडल्याण्डमा आयोजना हुने गोल्डेन एभरेस्ट क्रिकेट प्रतियोगितालाई एनआरएनए यूकेले आयोजना गर्ने र यसको नाम एनआरएनए क्रिकेट टुर्नामेण्ट राख्ने निर्णय गरिएको छ ।
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
सीएनसीबीजीको ग्रान्ड च्यारिटी डिनर नाइट सम्पन्न
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती