
मैत्री धर्म उसमा पनि पलाएर आओस्
अकुसल् चित्त उसको बगाएर जाओस्
मैले जस्तै शुख, शान्ती उसले पनि पाओस्
थोरै बोल्ने धेरै सुन्ने बानी उसमा आओस् ।।
कुसल चित्त उसमा पनि पलाएर आओस्
गरीब,दुखी,असहायले साथ उसको पाओस्
अकुसल सबै कर्म हट्दै उसको जाओस्
कुसल चित्त उत्त्पन्न भै शुख उसले पाओस् ।।
दुई दिनका पाहुना हामी भन्ने थाहा पाओस्
जन्मे पछि मर्नु पर्छ भन्ने ज्ञान आओस्
मंगल् धर्म बुझ्ने चित्त पलाएर आओस्
सुख,पनि छाँया जस्तै पछि-पछि आओस् ।।
मुक्ति दाता छैन कोही भन्ने ज्ञान आओस्
आफ्नो मालिक आफैँ नै हो भन्ने थाहा पाओस्
कर्म बिपाक भोग्नु पर्छ भन्ने चेत आओस्
सबै धर्म अनित्य छ भन्ने ज्ञान पाओस् ।।
मैत्री धर्म उसमा पनि पलाएर आओस्
अकुसल् चित्त उसको बगाएर जाओस्
मैले जस्तै शुख, शान्ति उसले पनि पाओस्
थोरै बोल्ने धेरै सुन्ने बानी उसमा आओस् ।।
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई
नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : के के विषयमा भयो छलफल ?
विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम तयारी तीव्र
अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी
बेलायतवासी १७ नेपाली ‘लन्डन टु पेरिस’ साइकलयात्रामा
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
प्रधानमन्त्रीको अभिव्यक्ति ‘सीमा वारपारको जग्गा भोगाधिकार’सँग सम्बन्धित छ: परराष्ट्र मन्त्रालय
बेलायतबाट ९औं राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताका लागि २ लाख सहयोग
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
सभामुख अर्यालसँग एएनओको भेट, नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छ