
काठमाडौँ । दक्षिण एशिया सम्बन्धमा हेर्ने जिम्मा पाएका बेलायती मन्त्री लर्ड अमहद नेपाल जाने भएका छन् ।
उनी आगामी साता नेपाल पुग्ने नेपालका लागि बेलायती राजदुत निकोला पोलिटले बताएकी छिन् ।
आज काठमाडौँमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँगको शिष्टाचार भेटमा राजदुत पोलिटले सो कुरा बताउनु भएको हो ।
मन्त्री अहमदको नेपाल भ्रमणमा के के विषयमा छलफल हुने भन्ने बारेमा विस्तृतमा बताइएको छैन । तथापि राजदुत पोलिटले लर्ड अहमदसँगको भेटमा नेपालमा ऊर्जा क्षेत्रमा गरिने लगानीका विषयमा छलफल गर्न सकिने बताउनुभयो ।
उर्जा मन्त्रालयमा आज भएको भेटमा मन्त्री भुषाल र राजदुत पोलिटबीच नेपाल र बेलायतबीचको सम्बन्ध र सहयोगका विविध विषयमा छलफल भएको छ ।
भेटका अवसरमा मन्त्री भुसालले नेपाल र बेलायत सरकारबीचको सम्बन्ध मात्र नभइ जनस्तरको सम्बन्ध पनि प्रगाढ रहेको बताउनुभयो । उहाँले कोभिड–१९ बाट सुरक्षति रहनका लागि बेलायत सरकारले नेपालाई पुर्याएको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो । मन्त्री भुसालले ऊर्जा सुरक्षाका लागि लागि नेपालले जलाशययुक्त आयोजना निर्माणलाई विशेष प्राथमिकतामा राखेको उल्लेख गर्दै बेलायत सरकार र त्यहाँका निजी क्षेत्रलाई त्यस्ता आयोजनामा लगानी गर्न पनि आग्रह गर्नुभयो ।
नेपालले जलवायु परिवर्तनको नराम्रो असर भोगिरहेको उल्लेख गर्दै मन्त्री भुसालले भन्नुभयो, ”जलवायु परिवर्तनको असर धेरै क्षेत्रमा देखिन थालेको छ । यो समस्या हाम्रो मात्र होइन, संसारको हो, यो विषयमा बेलायत सरकारको सहयोग रहने विश्वास लिएकी छु ।”
सो अवसरमा राजदूत पोलिटले बेलायत सरकारले वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रसँग सहकार्य गरिरहेको र ऊर्जाका अन्य क्षेत्रमा पनि सहकार्य गर्न इच्छुक रहेको बताउनुभयो ।


बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]