
लन्डन । गुरुङ सोसाईटी केन्ट युकेको अध्यक्षमा क्याप्टेन रिटायर्ड डोलबहादुर गुरुङ निर्विरोध निर्वाचित भएका छन्
गुरुङ सोसाईटी केन्ट युकेको शनिबार आशफोर्डको सेन्ट फ्रान्सिस चर्च कम्युनिटी हलमा सम्पन्न १४ औं वार्षिक साधारणसभा तथा आठौँ अधिवेशनले गुरुङलाई अध्यक्ष पदमा चयन गरेको हो ।
नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा गोलमान गुरुङ, द्वितीय उपाध्यक्षमा ममता गुरुङ, महासचिवमा तोरण गुरुङ, कोषाध्यक्षमा क्याप्टेन रिटायर्ड भिष्मराज गुरुङ, सहकोषाध्यक्षमा सुनिता गुरुङ, साँस्कृतिक संयोजकमा इन्द्र गुरुङ, साँस्कृतिक सहसंयोजकमा पबित्र गुरुङ र उमा गुरुङ, महिला संयोजकमा तारा गुरुङ, महिला सहसंयोजकमा हीरा गुरुङ र देवी गुरुङ, मिडिया अनि वेवसाइटमा होम गुरुङ, खेलकुद सहसंयोजकमा सन्तोष गुरुङ, जेष्ठ नागरिक संयोजकमा बलवीर गुरुङ, खाना तथा जलपान व्यवस्थापनमा शेरबहादुर गुरुङ र यूवा संयोजकमा डा सुदीक्षा गुरुङ निर्विरोध निर्वाचित भएका छन । त्यस्तै, कार्यसमिति सदस्यहरुमा गज गुरुङ, प्रेमबहादुर गुरुङ, कुमार गुरुङ, देबी गुरुङ र हरि गुरुङ छन् । रिक्त पदहरुमा नवगठित कार्यलमितिले मनोनयन गर्ने बताइएको छ ।
यसअघि गुरुङ सोसाईटी केन्ट युकेलाई ७ जना अध्यक्षहरुले नेतृत्व गरिसकेका छन ।
पहिलो चरणको वार्षिक साधारणसभामा कोषाध्यक्ष भीमप्रसाद गुरुङले आर्थिक प्रतिवेदन र महासचिव गोलमान गुरुङले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारणसभामा सदस्यहरुले संस्थाको सर्वोपरी हित र भावी कार्यक्रमका निम्ति सकारात्मक सुझावहरु दिदै हालसम्म भएका र हुँदै गरेका गतिविधिप्रति खुशी प्रकट गरेका थिए ।
उनीहरुले कार्यकाल पूरा गरेको सातौँ कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरुलाई धन्यवाद दिए । पहिलो चरणको अन्तमा अध्यक्ष गुरुङले धन्यवाद मन्तव्य राख्दै सातौ कार्यसमितिको पदावधि समाप्त भएको घोषणा गरेका थिए ।
दोश्रो चरणमा समाजको आठौँ कार्यसमिति छान्न निर्वाचन कार्यक्रम राखिएको थियो । निर्वाचन समितिका प्रमुख क्याप्टेन रिटायर्ड भीष्मराज गुरुङ, क्याप्टेन रिटायर्ड शेरबहादुर गुरुङ र कमला (ज्ञानु) गुरुङले आठौँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको घोषणा गरेका थिए ।
समाजका नवनिर्वाचित अध्यक्ष क्याप्टेन रिटायर्ड डोलबहादुर गुरुङले सर्वसम्मत अध्यक्ष पदमा निर्वाचित गराएकोमा खुशी व्यक्त गर्दै सबैलाई धन्यवाद दिए । नवनिर्वाचित अध्यक्ष गुरुङ यसअघि गुरुङ सोसाईटी केन्ट युकेका प्रथम उपाध्यक्ष थिए ।


एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए प्रवक्ताको जिम्मेवारी सोम सापकोटालाई
एनआरएनएको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन, को को परे ? [हेर्नुहोस् नामावली]
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
नेपाल सरकार भन्छ – ‘पश्चिम एसियाबाट तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन’
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता