
लन्डन । बेलायतमा पहिलोपटक ए स्टार नेपलिज बास्केटवल लिग २०२२ हुने भएको छ ।
नेपाल बास्केटबल यूकेले २४ अप्रिल आइतबारदेखि लिग शुरु गर्ने शुक्रबार लन्डनमा एक पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो । उक्त लिग १४ अगष्ट (१६ हप्ता) सम्म हुनेछ ।
नेपाल बास्केटबल यूकेका सचिव एवं पिआर भुवन लिम्बुले लिगमा ८ नेपाली टिम सहभागी हुने जानकारी दिए ।
उनका भनाइमा लन्डनको फेल्थाम, बेजिङस्टोक, जिलिङहम र आसफोर्ड केन्ट लगायतमा लिग हुनेछन् । विजेतालाई ट्रफी, शिल्ड र नगद पुरस्कार दिइने आयोजकको भनाइ छ ।
बेलायतको नेपाली समुदायमा सन् २००७ देखि बास्केटबल प्रतियोगिता हुने गरेपनि लिग खेलाउन लागिएको यो पहिलो हो ।
‘बेलायतको व्यस्त समयमा लामो अवधिसम्म खेल खेलाउन चुनौति र खर्चिलो पनि छ तर हामीले व्यवस्थित र व्यवसायिक रुपमा सञ्चालन गर्ने जमर्को गरेका छौ’, लिम्बुले भने । यसपटक महिला खेलाडीलाई प्रतिष्पर्धामा सहभागी गराउन सम्भव नभएपनि मैत्रीपूर्ण खेल भने खेलाइने उनले बताए ।
लिगलाई वित्तिय संस्था ए स्टार फाइनान्सियल सोलुसन्स् यूकेले ए स्टार फाइनान्सियल सोलुसन्स् यूकेका प्रवन्ध निर्देशक एवं इन्डिपेन्डेन्ट फाइनान्सियल एड्भाइजर मीन दर्लामीले नेपाली युवालाई प्लेटफर्म सृजना गरि बास्केटबलमार्फत उनीहरुलाई कुलतमा लाग्न रोक्ने आयोजकको उद्देश्यबाट प्रभावित भएर मुख्य प्रायोजन गरिएको बताए ।
कार्यक्रममा लन्डन बरो अफ हाउन्स्लो मेयर विष्णु गुरुङले शुभकामना दिंदै बेलायतमा नेपालीको पुरानो र नयां पुस्ता जोड्ने गतिविधि गर्न सुझाए दिए ।
मेयर गुरुङले काउन्सिल, प्रहरी र अन्य निजी संस्थाबाट समेत खेल गतिविधिका लागि आर्थिक सहयोग मिल्ने भएकाले युवा लक्षित कार्यक्रम गर्न पनि सुझाए ।
बेलायतको नेपाली समुदायबीच बास्केटबल खेल व्यवस्थित र थप व्यवसायिक बनाउन युवाहरुले हालै संस्था पनि गठन गरेका छन् ।
पत्रकार सम्मेलनमा नेपाल बास्केटबल यूके अध्यक्ष रुपक गुरुङले नेपाल र बेलायतका खेलाडीबीच सम्बन्ध विस्तार, दुई देशमा विभिन्न इभेन्ट र प्रशिक्षण तथा लिग एवं टुर्नामेन्टलाई नियमित गरिने जनाए ।
संस्थाले दीर्घकालिन लक्ष्यमा बास्केटबल इंग्ल्याण्डसंग आवद्धता, बेलायतबाट नेपाल प्रतियोगितामा सहभागिता र नेपालका खेलाडीलाई बेलायतमा अवसर एवं कोचिङ प्रदान गर्ने लक्ष्य राखेको छ ।

वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध : परराष्ट्रमन्त्री खनाल
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई
नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : के के विषयमा भयो छलफल ?
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
बेलायतबाट ९औं राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताका लागि २ लाख सहयोग
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
काठमाडौंमा छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव
सभामुख अर्यालसँग एएनओको भेट, नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छ