
लण्डन । कर्तव्य गर्दागर्दै विभिन्न घटनामा परी घाइते भएका सैनिकहरुको अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता इनभिक्टस खेल आजदेखि हल्याण्डमा शुरु भएको छ ।
पूर्व राजकुमार ह्यारी र उनकी श्रीमती मेघनले आज द हेगमा एक साता लामो सो खेलको शुरुवातको घोषणा गरे । सन् २०१४ देखि शुरु भएको यस खेल सन् २०२० र सन् २०२१ मा कोभिडका कारण स्थगित भएको थियो ।
२० देशका करिब ५०० खेलाडीले भाग लिने सो प्रतियोगितामा बेलायतको तर्फबाट भाग लिने ६५ सदस्सीय खेल टोलीमा एक पूर्व गोरखा सैनिक पनि परेका छन् ।
सरेमा बसोबास गर्ने पूर्व गोरखा सैनिक विक्रान्त गुरुङले सो खेलमा सिटिङ भलिवल र भारत्तोलन खेलमा प्रतिस्पर्धा गर्दैछन् ।
गुरुङ अफगानिस्तानमा खटिएको बेलामा घाइते भई दाहिने खुट्टा घुँडाभन्दा माथिदेखि काट्नु परेको थियो ।
४० वर्षीय गुरुङले ट्रयाकमा धेरै खेलमा भाग लिएका छन् ।
चोटपटकबाट निको भए पनि मानसिक रुपमा तङ्ग्रिनमा खेलकुदले महत्त्वपूर्ण सहयोग गरेको गुरुङ बताउँछन् । हेल्फ फर हिरोजसित उनले भनेका छन्, ‘आर्मी जीवनको अभाव महसुस भइरहेको थियो तर इनभिक्टस खेलमा संलग्न हुने बित्तिकै सिटिङ भलिबलमा बेलायतको प्रतिनिधित्व गर्ने मौका पाएँ । यसले मलाई आत्मविश्वास दियो । मैले कहिल्यै यसरी खेल्न सकुँला भनेर सोचेकै थिएन ।’
कोरोना महामारीका कारण गुरुङले दुई वर्ष कुनै अभ्यास गर्न पाएनन् । भर्चुअल बैठक र तालिम मात्र त्यतिबेला हुने गर्दथ्यो । त्यसले पनि मानसिक रुपमा केही सहयोग गरेको उनले बताए ।
‘कृतिम खुट्टा लगाएपछि मेरो देशको प्रतिनिधित्व गर्दै खेल्छु भन्ने लागेकै थिए । यसले मलाई धेरै साहस दिएको छ’ उनले भनेका छन् ।
खेलले बाहिर आउन मद्दत गरेको र आत्मविश्वास दिएको उनले बताएका छन् । यसले आफूलाई मात्र नभई परिवारमा पनि खुशी दिएको उनको भनाइ छ ।
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने