
लण्डन । कर्तव्य गर्दागर्दै विभिन्न घटनामा परी घाइते भएका सैनिकहरुको अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता इनभिक्टस खेल आजदेखि हल्याण्डमा शुरु भएको छ ।
पूर्व राजकुमार ह्यारी र उनकी श्रीमती मेघनले आज द हेगमा एक साता लामो सो खेलको शुरुवातको घोषणा गरे । सन् २०१४ देखि शुरु भएको यस खेल सन् २०२० र सन् २०२१ मा कोभिडका कारण स्थगित भएको थियो ।
२० देशका करिब ५०० खेलाडीले भाग लिने सो प्रतियोगितामा बेलायतको तर्फबाट भाग लिने ६५ सदस्सीय खेल टोलीमा एक पूर्व गोरखा सैनिक पनि परेका छन् ।
सरेमा बसोबास गर्ने पूर्व गोरखा सैनिक विक्रान्त गुरुङले सो खेलमा सिटिङ भलिवल र भारत्तोलन खेलमा प्रतिस्पर्धा गर्दैछन् ।
गुरुङ अफगानिस्तानमा खटिएको बेलामा घाइते भई दाहिने खुट्टा घुँडाभन्दा माथिदेखि काट्नु परेको थियो ।
४० वर्षीय गुरुङले ट्रयाकमा धेरै खेलमा भाग लिएका छन् ।
चोटपटकबाट निको भए पनि मानसिक रुपमा तङ्ग्रिनमा खेलकुदले महत्त्वपूर्ण सहयोग गरेको गुरुङ बताउँछन् । हेल्फ फर हिरोजसित उनले भनेका छन्, ‘आर्मी जीवनको अभाव महसुस भइरहेको थियो तर इनभिक्टस खेलमा संलग्न हुने बित्तिकै सिटिङ भलिबलमा बेलायतको प्रतिनिधित्व गर्ने मौका पाएँ । यसले मलाई आत्मविश्वास दियो । मैले कहिल्यै यसरी खेल्न सकुँला भनेर सोचेकै थिएन ।’
कोरोना महामारीका कारण गुरुङले दुई वर्ष कुनै अभ्यास गर्न पाएनन् । भर्चुअल बैठक र तालिम मात्र त्यतिबेला हुने गर्दथ्यो । त्यसले पनि मानसिक रुपमा केही सहयोग गरेको उनले बताए ।
‘कृतिम खुट्टा लगाएपछि मेरो देशको प्रतिनिधित्व गर्दै खेल्छु भन्ने लागेकै थिए । यसले मलाई धेरै साहस दिएको छ’ उनले भनेका छन् ।
खेलले बाहिर आउन मद्दत गरेको र आत्मविश्वास दिएको उनले बताएका छन् । यसले आफूलाई मात्र नभई परिवारमा पनि खुशी दिएको उनको भनाइ छ ।
नेकपा एमालेकी लुम्बिनी प्रदेशसभा सांसद रेखा शर्मा पक्राउ
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा