
लण्डन । सामाजिक अभियान्ता एवम् राष्ट्रिय आविष्कार केन्द्र नेपालका संस्थापक अध्यक्ष डा. महावीर पुनसँग बेलायतको स्वीन्डनमा शुक्रबारको दिन गोर्खा नेपाली समाजको आयोजनामा अन्तर्क्रिया गरिएको छ।
युरोपका विभिन्न राष्ट्र भ्रमणको क्रममा बेलायत आइपुगेका पुनसँग राष्ट्रिय आविष्कार केन्द्र नेपालको आविष्कार, अनुसन्धान, काम र केन्द्रको अवधारणाबारे जानकारी गराउन अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो।
अन्तर्क्रिया कार्यक्रममा पुनले केन्द्रले गरिरहेको विभिन्न कामहरुको बारेमा श्रब्य दृश्यमार्फत जानकारी गराउनुका साथै सहभागीहरुको विभिन्न जिज्ञासाको जवाफसमेत दिएका थिए । सो अवसरमा उहाँले गोर्खा नेपाली समाजले केन्द्रलाई यसअघि गरेको आर्थिक सहयोगप्रति धन्यवाद दिँदै सो आर्थिक सहयोगले प्रतिभा भएका युवाहरुलाई अध्ययन अनुसन्धानमार्फत स्वदेशमै उद्यमी बन्न महत्वपूर्ण भूमिका खलिरहेको जानकारी गराउनु भयो।
यस अघि गोर्खा नेपाली समाजले २४ लाख १८ हजार ६६८ केन्द्रलाई सहयोग गरेको थियो।
मगर संघ यूके, शाखा कमिटी स्विन्डनका अध्यक्ष पूर्ण थापा, किरात राई यायोक्खा बेलायत स्वीन्डनका उपाध्यक्ष श्रीमती कल्पना राईलगायत स्वीन्डनका लब्धप्रतिष्ठित महानुभावहरुको उपस्थितिमा सम्पन्न कार्यक्रमको अध्यक्षता समाजका कार्यवाहक अध्यक्ष भोलाबिक्रम राईले गरेका थिए भने महासचिव लालबहादुर लिम्बुले कार्यक्रम सन्चालन गरेका थिए ।

६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी