
लण्डन । लामो समय बेलायत बसेर नेपाल फर्किएका वासुदेव मिश्र श्रीलंकाका लागि नेपालको राजदुतमा प्रस्तावित भएका छन् ।
मन्त्रिपरिषद्को आज बसेको बैठकले मिश्रलगायत २० जनालाई विभिन्न देशमा राजदुतका लागि प्रस्तावित गरेको हो ।
मिश्र लामो समय बेलायत बसेर केही वर्षअघि मात्र नेपाल फर्किएका थिए। उनी हाल जनदिशा अनलाइनको अध्यक्ष तथा प्रधानसम्पादक रहेका छन् ।
अन्तर्राष्ट्रिय मामिलामा विशेष दख्खल राख्ने लमजुङका मिश्र नेपालमा छँदा बैकिङ सेवामा कार्यरत रहेका थिए । उनी बेलायत आएपछि पनि माओवादी पार्टीमा निरन्तर सक्रिय थिए ।
उनका सहकर्मी सुरेन्द्र श्रेष्ठ मिश्रले बेलायतमा निरन्तररुपमा माओवादी पार्टी संगठनको महत्त्वपूर्ण जिम्मेवारी सम्हालेको बताउँछन् । विदेशका कम्युनिष्ट पार्टीहरुसितको सम्पर्कमा रहेका थिए ।
जनदिशामा संलग्न हुनुअघि पनि उनको विभिन्न पत्रपत्रिकामा अन्तर्राष्ट्रिय घटनाका बारेमा विश्लेषण गरिएको लेख रचना प्रकाशन हुने गरेको थियो ।
माओवादी पार्टी विभाजन हुँदा केही समय वैद्य पक्षमा लागेका मिश्र पछि रामबहादुर थापा बादलको नेतृत्वमा एकीकरण हुँदा माओवादी केन्द्रमा फर्किएका थिए ।
यसअघि बेलायतबाट फर्किएका डा पूर्ण लोक्समलाई पनि प्रदेश नम्बर १ सरकारले यसैसाता सो प्रदेशको योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको थियो ।
संयोग पनि यसरी नियुक्ति पाउने मिश्र र लोक्सम दुवै माओवादी केन्द्रमा आवद्ध छन् ।
यसरी विदेशस्थित पार्टी संगठनमा काम गरेका विभिन्न विषयमा विज्ञता हासिल गरेका व्यक्तिहरुलाई जिम्मेवारी दिइँदा प्रवासमा राजनीति गर्नेहरुमा सकारात्मक सन्देश गएको छ ।
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए प्रवक्ताको जिम्मेवारी सोम सापकोटालाई
एनआरएनएको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन, को को परे ? [हेर्नुहोस् नामावली]
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
युद्ध अन्त्यका लागि इरानका तीन शर्त