
लण्डन । कोरोना महामारीका बेला अस्पताल लगायतका अत्यावश्यक सेवा क्षेत्रमा १ लाखभन्दा बढी निशुल्क खाना बाँड्ने लण्डनस्थित एक नेपाली रेष्टुरेन्ट व्यवसायीलाई सिटी अफ लण्डनको फ्रि म्यानको सम्मान दिइएको छ ।
लण्डनको लुइसाममा रहेको पानस गोरखा रेष्टुरेन्टका सन्चालक सुजन कटुवाललाई सिटी अफ लण्डनले सो सम्मान दिएको हो ।
फ्रि म्यान बेलायतमा स्थानिय निकायहरुले दिने सर्वोच्च सम्मान हो ।
करिब एक दशकदेखि व्यवसायरत कटुवाल महामारीपछि रेष्टुरेन्ट बन्द गर्नुपर्छ कि भन्ने सोचमा थिए तर उनकी श्रीमती बन्दनाले समुदाय र अस्पतालका लागि पनि रेस्टुरेन्ट खोल्न सुझाव दिइन् । त्यसपछि कटुवाल दम्पत्तिले अस्पतालका कर्मचारीहरु, कम्युनिटी सेन्टरहरु, घरबारविहीनहरु भएको ठाउँ, केयर होमहरु, खोप केन्द्रमा सहयोग गरिरहेका सैनिकहरुलाई निशुल्क खाना उपलब्ध गराउन थाले । उनीहरुको सो कार्यका बारेमा बेलायतका मूलधारमा मिडियाहरु बीबीसी र आइटिभीले समेत समाचार प्रकाशित गरेका थिए भने सन् २०२० मा क्वीन्स अवार्ड पनि पाइसकेका छन् ।
सिटी अफ लण्डनका प्रवक्ताले कटुवाललाई फ्रि म्यान अफ द सिटीको अवार्ड दिन पाउँदा खुशी लागेको बताएका छन् । यसका लागि कटुवाल बलियो हकदार रहेको उनले बताए । कटुवालको निस्वार्थ कार्य कसरी समुदायले सहकार्य गर्न सक्छ र संकटबाट बाहिर आउन सक्छ भन्ने उदाहरण भएको उनले थपे । कटुवालले कसरी लण्डनलाई राम्रो स्थान बलाउन सकिन्छ भन्नेमा आफूलाई समर्पित गरेको र कटुवालको लगावका साथै सकारात्मक प्रभावको आफूहरुले महसुस गरेको पनि उनले बताए ।
कटुवालले अवार्ड प्राप्त गर्दा हर्ष लागेको र आफ्नो कार्यको सम्मानले आफूलाई विनयशील बनाएको बताए । आफू र श्रीमती समुदायलाई सहयोग गर्नका लागि सक्दो लागि परिरहेको उनले थपे ।
अत्यावश्यक सेवाका क्षेत्रमा अग्रपंक्तिमा रहेर धेरै चापको वावजुद कतिपय अवस्थामा लामो समयसम्म काम गर्नेहरुप्रति आफूमा उच्च श्रद्धा रहेको कटुवालले बताए । उनीहरुलाई सहयोग गर्न पाउँदा र उनीहरुको अनुहारमा थोरै भए पनि हाँसो ल्याउन पाउँदा आफूलाई अपार आनन्द लागेको कटुवालको भनाइ छ ।
फ्रिडम अफ द सिटी अफ लण्डन सन् १२३७ मा शुरु भएको हो । सिटी अफ लण्डन कर्पोरेसनले लण्डनको सार्वजनिक जीवनमा अद्वितीय योगदान दिने वा असाधारण प्रगति गरेका व्यक्तिहरुलाई यो सम्मान दिने गरेको छ ।
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहबाट शपथ ग्रहण
रास्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
वैदेशिक रोजगारी कल्याणकारी कोषलाई १० करोड पुर्याउने एनआरएनएको लक्ष्य निर्धारण [यस्ता छन् २५ निर्णय]
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर