काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी शुक्रबारदेखि मित्रराष्ट्र भारतको औपचारिक भ्रमण गर्नुहुने भएको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री देउवाले यही चैत १८ देखि २० गतेसम्म भारतको भ्रमण गर्न लाग्नुभएको हो । प्रधानमन्त्रीका साथ उहाँकी धर्मपत्नी डा आरजु राणा देउवा पनि रहनुहुनेछ ।
प्रधानमन्त्रीको टोलीमा परराष्ट्रमन्त्री डा नारायण खड्का, नेपाल सरकारका अन्य वरिष्ठ मन्त्री, सचिव र अधिकारी सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणले नेपाल र भारतबीचको बहुआयामिक, सदियौँ पुरानो र सौहार्दपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास उक्त मन्त्रालयले व्यक्त गरेको छ ।
भ्रमणका क्रममा प्रधानमन्त्रीले भारतका उपराष्ट्रपति एवम् वेंकैया नायडूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीले चैत १९ गते हैदरावाद हाउसमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नुहुनेछ । भारतका प्रधानमन्त्रीले प्रधानमन्त्री देउवा र उहाँको प्रतिनिधिमण्डलको सम्मानमा दिवा भोजको आयोजना गर्नुहुनेछ ।
त्यसैगरी, प्रधानमन्त्री देउवासँग विदेशमन्त्री एस जयशङ्कर तथा भारत सरकारका राष्ट्रिय सुरक्षा सल्लाहकार शिष्टाचार भेट गर्नुहुनेछ । नयाँदिल्लीमा रहँदा प्रधानमन्त्री देउवाले व्यापारी समुदायको भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ । चैत २० गते काठमाडौँ फर्कनुअघि प्रधानमन्त्रीले वाराणसीको पनि भ्रमण गर्नुहुनेछ ।
गत असारमा वर्तमान सरकारको नेतृत्व लिएपछि प्रधानमन्त्रीबाट हुन लागेको यो पहिलो द्विपक्षीय विदेश भ्रमण हो । भारत र नेपालबीच शताब्दीऔँ पुरानो विशेष मित्रता एवं सहयोगको सम्बन्ध रहेको छ । हालका वर्षमा आपसी साझेदारीले सहयोगका सबै क्षेत्रमा उल्लेखनीय वृद्धि देखाएको छ । यो भ्रमणबाट दुई पक्षबीचको घनिभूत सहकार्य र साझेदारीलाई थप सघन तुल्याउन तथा दुई देशका जनताको हितका विषयलाई अगाडि बढाउने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा