लण्डन । करिब दुई वर्ष कोरोना महामारीकै बीच बित्यो । कहिले बेलायतमा लकडाउन कहिले नेपालमा । अत्यावश्यक कार्यमा पनि आवतजावत निक्कै नै सकसपूर्ण थियो । त्यसमाथि सार्वजनिक कार्यक्रम गर्न त कानुनी रुपमै बन्देज थियो । अहिले नेपाल तथा बेलायत दुवै देशमा कोरोना महामारी अलि बिसेक भएको छ । आवागमनमा बाध्यात्मक प्रावधानहरु हटेका छन् । सार्वजनिक कार्यक्रम गर्न पनि रोकतोक छैन । यही अनुकूलतालाई मौका छोप्दै बेलायतका नेपाली स्रष्टाहरु एक पछि अर्को गर्दै कृति पस्कँदै छन् ।
विगतमा कविता, नियात्रा, कथा संग्रह निकालिसकेका स्रष्टा दयाकृष्ण राईको ‘अश्वेत महावाणी’ कविता संग्रह बुधबार साहित्यकार बैरागी काइँलाबाट विमोचन हुँदैछ । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले उनको कृति प्रकाशन गरेको छ ।
यसैगरी, शुक्रबार मात्र गीतकार कल्पना आङबुहाङको ‘मेरी आमा’ जीवनोपन्यास र ‘नरुनु आमा’ गीत संग्रहको काठमाडौँमा लोकार्पण सम्पन्न भएको छ । उनको यसअघि दुई गीति क्यासेट प्रकाशन भएको थियो ।
अघिल्लो साता (चैत ४ गते) टेम्के भोजपुरमा साहित्यकार नरेश काङमाङ राईको ‘तेप्लायु’ कविता संग्रह विमोचन भएको थियो । प्रगतिशील साहित्यकार खगेन्द्र संग्रौलाले उनको कृतिको विमोचन गरेका थिए । राईको यसअघि उपन्यास, कविता लगायतको थुप्रै कृति प्रकाशन भइसकेको छ ।
यसअघि फागुनको तेस्रो साता (२० गते) बेलायतका अर्का सर्जक विजय हितान मगरको ‘मगर रिन्हाक’ (मगर जागरण) पुस्तक सार्वजनिक भएको थियो । उनको पुस्तकको आदिवासी जनजाति आयोगका सदस्य डा. मीन श्रीशले विमोचन गरेका थिए । हितान पर्यावरणका बारेमा लेख्न रुचाउँछन् ।
यसैगरी, लीला सेलिङ माबोले लकडाउनका बेला एउटा महिलाको सोचाइ र भोगाइलाई समेटेर अंग्रेजीमा ‘मेम्वाइर्स अफ अ गोरखा वाइफ ड्युरिङ लकडाउन’ नामक आत्मवृतान्तले भरिएको कृति प्रकाशन गरेकी छिन् । उनको यो पुस्तक अथर हाउसले प्रकाशन गरेको छ ।
यस्तै, साहित्यकार विश्वासदीप तिगेलाको गैरआख्यानमूलक ‘ह्वाई चाइना इज नट रिप्लेसिङ अमेरिका’ कृति पनि यसै साल प्रकाशन भएको छ । उनको कृतिमा विश्व व्यवस्थालाई आफ्नो पकडमा राख्न चीन र अमेरिकाको होडलाई विश्लेषण गरिएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा