लण्डन । करिब दुई वर्ष कोरोना महामारीकै बीच बित्यो । कहिले बेलायतमा लकडाउन कहिले नेपालमा । अत्यावश्यक कार्यमा पनि आवतजावत निक्कै नै सकसपूर्ण थियो । त्यसमाथि सार्वजनिक कार्यक्रम गर्न त कानुनी रुपमै बन्देज थियो । अहिले नेपाल तथा बेलायत दुवै देशमा कोरोना महामारी अलि बिसेक भएको छ । आवागमनमा बाध्यात्मक प्रावधानहरु हटेका छन् । सार्वजनिक कार्यक्रम गर्न पनि रोकतोक छैन । यही अनुकूलतालाई मौका छोप्दै बेलायतका नेपाली स्रष्टाहरु एक पछि अर्को गर्दै कृति पस्कँदै छन् ।
विगतमा कविता, नियात्रा, कथा संग्रह निकालिसकेका स्रष्टा दयाकृष्ण राईको ‘अश्वेत महावाणी’ कविता संग्रह बुधबार साहित्यकार बैरागी काइँलाबाट विमोचन हुँदैछ । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले उनको कृति प्रकाशन गरेको छ ।
यसैगरी, शुक्रबार मात्र गीतकार कल्पना आङबुहाङको ‘मेरी आमा’ जीवनोपन्यास र ‘नरुनु आमा’ गीत संग्रहको काठमाडौँमा लोकार्पण सम्पन्न भएको छ । उनको यसअघि दुई गीति क्यासेट प्रकाशन भएको थियो ।
अघिल्लो साता (चैत ४ गते) टेम्के भोजपुरमा साहित्यकार नरेश काङमाङ राईको ‘तेप्लायु’ कविता संग्रह विमोचन भएको थियो । प्रगतिशील साहित्यकार खगेन्द्र संग्रौलाले उनको कृतिको विमोचन गरेका थिए । राईको यसअघि उपन्यास, कविता लगायतको थुप्रै कृति प्रकाशन भइसकेको छ ।
यसअघि फागुनको तेस्रो साता (२० गते) बेलायतका अर्का सर्जक विजय हितान मगरको ‘मगर रिन्हाक’ (मगर जागरण) पुस्तक सार्वजनिक भएको थियो । उनको पुस्तकको आदिवासी जनजाति आयोगका सदस्य डा. मीन श्रीशले विमोचन गरेका थिए । हितान पर्यावरणका बारेमा लेख्न रुचाउँछन् ।
यसैगरी, लीला सेलिङ माबोले लकडाउनका बेला एउटा महिलाको सोचाइ र भोगाइलाई समेटेर अंग्रेजीमा ‘मेम्वाइर्स अफ अ गोरखा वाइफ ड्युरिङ लकडाउन’ नामक आत्मवृतान्तले भरिएको कृति प्रकाशन गरेकी छिन् । उनको यो पुस्तक अथर हाउसले प्रकाशन गरेको छ ।
यस्तै, साहित्यकार विश्वासदीप तिगेलाको गैरआख्यानमूलक ‘ह्वाई चाइना इज नट रिप्लेसिङ अमेरिका’ कृति पनि यसै साल प्रकाशन भएको छ । उनको कृतिमा विश्व व्यवस्थालाई आफ्नो पकडमा राख्न चीन र अमेरिकाको होडलाई विश्लेषण गरिएको छ ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’