लण्डन । गैरआवासीय नेपाली संघका प्रमुख संरक्षक शेष घलेले आह्वान गरेको दशौँ महाधिवेसनबाट विनोद कुँवर निर्वाचित भएका छन् ।
बिहीबार बिहान काठमाडौँको होटल याक एण्ड यतिमा घोषणा गरिएको नवनिर्वाचित कार्यसमितिमा चार जना उपाध्यक्षहरुमा थर्कबहादुर सेन, सुरेन्द्र सिग्देल, उमेश पुडासैनी र बाबुराम लामा चयन भएका छन् । महिला उपाध्यक्षमा भोमादेवी लिम्बु, महासचिवमा जानकी गुरुङ, सचिवमा जुनु गुरुङ र कोषाध्यक्षमा डिलाराम खरेल निर्वाचित भएका छन् ।
यस्तै क्षेत्रीय संयोजकहरुमा अमेरिका क्षेत्रमा कृष्ण पोखरेल, ओसियाना क्षेत्रमा केशव कँडेल र युरोपमा उल्का घिमिरे निर्वाचित भएका छन् ।
बाँकी पदहरुमा उम्मेदवारी नपरेको बताइएको छ ।
नवनिर्वाचित कार्यसमितिलाई प्रमुख संरक्षक घले र महाधिवेसन आयोजक समितिका संयोजक उपाध्यक्ष सोनाम लामाले बधाई ज्ञापन गरेका थिए ।
एनआरएनएको गत अक्टोबरमा हुनुपर्ने महाधिवेसन आपसी विवादपछि पटकपटक सर्दै आएको थियो । पछिल्लो समयमा अध्यक्ष कुमार पन्त र प्रमुख संरक्षक शेष घलेले अलगअलग महाधिवेसन बोलाएका थिए । शुरुमा घलेको क्याम्पमा रहेका अध्यक्षका दाबेदार कुल आचार्य सो क्याम्प छोडी पन्त नेतृत्वसित सम्झौता गर्न पुगेका थिए । सम्झौताअनुसार अध्यक्षका आकांक्षीहरु डा बद्रि केसी, कुल आचार्य र रविना थापाले बाँडेर संस्थाको नेतृत्व गर्ने चर्चा छ ।
आचार्यले साथ छोडे पनि घलेले पूर्व घोषित महाधिवेसनलाई अगाडी बढाए र हलबाट नयाँ नेतृत्व घोषणा गरेर महाधिवेसनको समापन गरेका छन् ।
तर एनआरएनको वैधानिकता कसले पाउँछ भन्ने प्रश्नको जवाफ पाउन भने केही समय कुर्न पर्ने भएको छ ।
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन