काठमाडौँ। वीनेपाली डटकमकी सहसम्पादक फातिमा बानुलाई सञ्चारिका समानता पुरस्कार २०७७ प्रदान गरिएको छ ।
बानु र विद्या राईलाई संयुक्तरूपमा सो पुरस्कार दिइने भएको छ ।
समूहले आज एक विज्ञप्ति जारी गर्दै रु १५ हजार राशिको सो पुरस्कारको घोषणा गरेको हो ।
यसैगरी, समूहले स्व उमा सिंह पत्रकारिता पुरस्कार, २०७६ रौतहटकी पत्रकार बीना राउत र स्व उमा सिंह पत्रकारिता पुरस्कार, २०७७ रुकुम पश्चिमकी पत्रकार हीरा परियारलाई दिने निर्णय गरेको छ । पुरस्कारको राशी सात हजार १११ रुपियाँ रहेको छ ।
सञ्चारिका प्रोत्साहन पुरस्कार, २०७६ मनिका विश्वकर्मा र सीतादेवी पोखरेल (मिनु) लाई दिइने भएको छ । त्यस्तै सञ्चारिका प्रोत्साहन पुरस्कार, २०७७ सपना थामी र सृजना खड्कालाई प्रदान गर्ने निर्णय भएको छ । गत वर्ष घोषणा भएको पुरस्कारसमेत यही वर्ष प्रदान गर्न लागिएको हो । समूहले विसं २०५७ देखि हरेक वर्ष समानता पुरस्कार प्रदान गर्दै आएको छ ।
आगामी शुक्रबार समूहको आठौँ अधिवेशन र २५औँ वार्षिक साधरणसभामा पुरस्कारहरु वितरण गरिने अध्यक्ष नितु पण्डितले जानकारी दिनुभयो । समूहले गत वर्ष घोषणा भएको पुरस्कार कोभिडका कारण वितरण हुन नसकेकाले अहिले वितरण गर्न लागिएको हो ।
स्कटल्यान्डलाई सुपरसिक्सको पहिलो जित
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा निधन
ग्लास्गो नेपाली एसोसिएसन स्कटल्यान्डको अध्यक्षमा रामप्रसाद कँडेल चयन
‘द ब्लू लाइट’ केवल हेर्ने फिल्म मात्र होइन, यो अनुभूत गर्ने सिनेमा हो : निर्देशक बलिराम चौहान [अन्तर्वार्ता]
अमेरिकामा भीषण आँधी : ११ हजार ४०० भन्दा बढी उडान रद्द