काठमाडौँ। वीनेपाली डटकमकी सहसम्पादक फातिमा बानुलाई सञ्चारिका समानता पुरस्कार २०७७ प्रदान गरिएको छ ।
बानु र विद्या राईलाई संयुक्तरूपमा सो पुरस्कार दिइने भएको छ ।
समूहले आज एक विज्ञप्ति जारी गर्दै रु १५ हजार राशिको सो पुरस्कारको घोषणा गरेको हो ।
यसैगरी, समूहले स्व उमा सिंह पत्रकारिता पुरस्कार, २०७६ रौतहटकी पत्रकार बीना राउत र स्व उमा सिंह पत्रकारिता पुरस्कार, २०७७ रुकुम पश्चिमकी पत्रकार हीरा परियारलाई दिने निर्णय गरेको छ । पुरस्कारको राशी सात हजार १११ रुपियाँ रहेको छ ।
सञ्चारिका प्रोत्साहन पुरस्कार, २०७६ मनिका विश्वकर्मा र सीतादेवी पोखरेल (मिनु) लाई दिइने भएको छ । त्यस्तै सञ्चारिका प्रोत्साहन पुरस्कार, २०७७ सपना थामी र सृजना खड्कालाई प्रदान गर्ने निर्णय भएको छ । गत वर्ष घोषणा भएको पुरस्कारसमेत यही वर्ष प्रदान गर्न लागिएको हो । समूहले विसं २०५७ देखि हरेक वर्ष समानता पुरस्कार प्रदान गर्दै आएको छ ।
आगामी शुक्रबार समूहको आठौँ अधिवेशन र २५औँ वार्षिक साधरणसभामा पुरस्कारहरु वितरण गरिने अध्यक्ष नितु पण्डितले जानकारी दिनुभयो । समूहले गत वर्ष घोषणा भएको पुरस्कार कोभिडका कारण वितरण हुन नसकेकाले अहिले वितरण गर्न लागिएको हो ।
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन