
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच आज शिष्टाचार भेटघाट भएको छ ।
मधेस प्रदेशको राजधानी जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा बेलायत सरकारको सहयोगमा मधेस प्रदेशमा जारी योजना र आगामी रणनीतिका बारेमा छलफल भएको मुख्यमन्त्रीका प्रेस संयोजक आतिश मिश्रले जानकारी दिनुभयो ।
भेटका क्रममा मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झासहितको उपस्थिति रहेको थियो । बेलायती राजदूत पोलिटले यसअघि जनकपुरधाम उपमहानगरको कुवारामपुरमा रहेको मिथिला पेन्टिङको ग्यालरीको समेत निरीक्षण गर्नुभएको थियो ।
उहाँले निरीक्षणका क्रममा मिथिला पेन्टिङको प्रवर्धन र बजारीकरणका लागि बेलायतले सहकार्य र सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । बेलायती राजदूत पोलिटले बेलायत सरकारको सहयोगमा मधेस प्रदेशमा सञ्चालित योजनाहरुको निरीक्षणसमेत गर्नुभएको छ ।
विश्वकप फुटबल : अर्जेन्टिनाको विजयी सुरुआत, अल्जेरिया पराजित
नालापानी खलङ्गा किल्लाको लडाइँ
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]