
लण्डन । पासा पुच: गुठी लण्डनले पहिलोपटक होली पुन्ही मनाएको छ ।
स्थानीय एल्थोर्न पार्कमा आयोजित सो कार्यक्रममा करिब ४० जनाको सहभागिता रहेको गुठीले जनाएको छ ।
गत शनिबार दिउँसाे १ बजेदेखि ४ बजेसम्म चलेको सो कार्यक्रम कोरोना महामारीपछि गुठीले आयोजना गरेको पहिलो प्रत्यक्ष भेटघाटको कार्यक्रम पनि हो ।
कार्यक्रमको शुरुवातमा गुठीका अध्यक्ष रुक्मिणी मानन्धरले सबैलाई स्वागत गरेका थिए भने पासा पुच: गुठी युकेका अध्यक्ष ओजेश सिंहले सबैलाई प्रफुल्ल पार्न धिमे बाजा बजाएका थिए । त्यसपछि सहभागीहरुबीच एकआपसमा शुभकामना दिन र रङ खेल्न शुरु भएको थियो ।
पार्कको कार्यक्रम समापन भएपछि सबै सहभागीहरु नेपाल अथेन्टिक डाइनिङ रेष्टुरेन्टमा गई समयबजी र जेरी खाएका थिए ।
कार्यक्रम समापन अघि गुठीका उपाध्यक्ष सुदीप श्रेष्ठले सबैलाई अप्रिल १० मा हुने नेवा मुनामा सहभागी हुन अनुरोध गरेका थिए ।
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन