लण्डन । बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्यले बेलायतका विदेश तथा अन्तर्राष्ट्रिय विकास मन्त्री लर्ड अमहदसित आज भेट गरेका छन् ।
सो अवसरमा बेलायती प्रधानमन्त्रीको नेपाल भ्रमणका लागि राजदुत आचार्यले कुरा उठाएका थिए । उनले बेलायतबाट नेपालमा हाइ प्रोफाइल भ्रमणहरु भइरहे पनि प्रधानमन्त्रीको भ्रमण हुन नपाएकोमा ध्यानाकर्षण गराएका थिए ।
यस्तै भेटमा गोरखा सैनिकहरुको समस्याका बारेमा पनि राजदुत आचार्यले कुरा राखेको दुताबासका प्रवक्ता श्रीमती रोशन खनालले जानकारी दिइन् । साथै कोभिड विरुद्धको लडाइँमा बेलायतले नेपाललाई गरेको सहयोगका लागि हार्दिक धन्यवाद दिँदै राजदुत आचार्यले नेपाल-बेलायतबीच व्यापार र लगानीका बारेमा पनि कुरा राखेका थिए ।
भेटपछि ट्वीट गर्दै बेलायतको मध्य एसिया, दक्षिण एसिया, उत्तर अफ्रिका, कमनवेल्थ, संयुक्त राष्ट्र संघ र मानवअधिकार मामिला हेर्ने मन्त्री अहमदले नेपाली राजदुतसितको भेटमा बेलायतको नेपालसितका प्रमुख प्राथमिकताका विषयहरु व्यापार लगानी, नेपालको जलवायु परिवर्तनविरुद्धको अभियान तथा गोरखा समस्याका बारेमा कुरा भएको बताएका छन् ।
यसैबीच, राजदुत आचार्यले आजै युके नेपाल ट्रेड एण्ड इन्भेष्टमेण्ट फोरमका प्रमुख लर्ड शेखसँग पनि भेट गरेका छन् ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा