लण्डन । बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्यले बेलायतका विदेश तथा अन्तर्राष्ट्रिय विकास मन्त्री लर्ड अमहदसित आज भेट गरेका छन् ।
सो अवसरमा बेलायती प्रधानमन्त्रीको नेपाल भ्रमणका लागि राजदुत आचार्यले कुरा उठाएका थिए । उनले बेलायतबाट नेपालमा हाइ प्रोफाइल भ्रमणहरु भइरहे पनि प्रधानमन्त्रीको भ्रमण हुन नपाएकोमा ध्यानाकर्षण गराएका थिए ।
यस्तै भेटमा गोरखा सैनिकहरुको समस्याका बारेमा पनि राजदुत आचार्यले कुरा राखेको दुताबासका प्रवक्ता श्रीमती रोशन खनालले जानकारी दिइन् । साथै कोभिड विरुद्धको लडाइँमा बेलायतले नेपाललाई गरेको सहयोगका लागि हार्दिक धन्यवाद दिँदै राजदुत आचार्यले नेपाल-बेलायतबीच व्यापार र लगानीका बारेमा पनि कुरा राखेका थिए ।
भेटपछि ट्वीट गर्दै बेलायतको मध्य एसिया, दक्षिण एसिया, उत्तर अफ्रिका, कमनवेल्थ, संयुक्त राष्ट्र संघ र मानवअधिकार मामिला हेर्ने मन्त्री अहमदले नेपाली राजदुतसितको भेटमा बेलायतको नेपालसितका प्रमुख प्राथमिकताका विषयहरु व्यापार लगानी, नेपालको जलवायु परिवर्तनविरुद्धको अभियान तथा गोरखा समस्याका बारेमा कुरा भएको बताएका छन् ।
यसैबीच, राजदुत आचार्यले आजै युके नेपाल ट्रेड एण्ड इन्भेष्टमेण्ट फोरमका प्रमुख लर्ड शेखसँग पनि भेट गरेका छन् ।
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]